धनगढी -कैलालीको धनगढी उपमहानगरपालिकाले सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ सञ्चालनमा ल्याएको छ।उक्त रोड वासरको औपचारिक उद्दघाटन उप मेयर कन्दकला रानाले सोमवार गरेकी छिन .

उपमहानगरपालिकाले रोड वासरको पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्ने, सडकको किनारामा रोपिएको बिरुवामा पानी हाल्ने र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्ने काम गर्ने बताएको छ।

हाम्रो धनगढी सफा धनगढी अभियान अन्र्तगत शहरलाई सफा र सुन्दर बनाउनका लागि रोड वासरको आविश्यकता अनुसार ल्याईएको मेयर गोपाल हमालले बताए । यो मशिनउप महानगरले करिव ६९ लाखमा खरिद गरेको बताइएको छ । यसले मुख्य काम धनगढीका पिच सडकलाई धोएर सफा बनाउन र रोडका दायाबाया र मध्य भागमा लगाएका बिरुवालाई पानी छर्ने काम गरिने बताइएको छ ।

रोड वासर मेसिनबाट आगलागीको बेला आगो निभाउन र महामारीका बेला औषधि छर्किन पनि प्रयोग
गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ।


इडटपेन 









