धनगढी -धनगढी उपमहानगरपालिकाले मुख्य शह िक्षेत्रमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ।
धनगढीको मुख्य बजार मार्ग चौराहा देखी कैलाली पुल सम्म र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको उद्घाटन आइतवार साझ ७ बजे गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले स्मार्ट सडक बत्तीको उद्घाटन गरेका हुन्।
धनगढीका उक्त मुख्य बजारका सडकको स्तोरोन्ती सहरी विकासले निर्माण गरेको हो । सबै सडकमा सडक बत्ती जडान गरिएको हो। यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको मन्त्री खड्काले स्वीच थिचेर उद्घाटन गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप(प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

इडटपेन 









