धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले आफनो दशौ स्थापना दिवहको अवसरमा स्याटेलाइट सिटीको अवधारणा प्रस्तुत गरेको छ ।
उपपमहानगरपालिकाको १० औं स्थापना दिवसको कार्यक्रममा सहभागी हुन आएका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई स्याटेलाइट सिटीको अवधारणा सहित ज्ञापनपत्र बुझाइएका छन । मन्त्री सिंहलाई नगरप्रमुख गोपाल हमालले आधुनिक शहर निर्माणको लागि अघि सारिएका योजनाहरुको लागि आवश्यक बजेटको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ ।
पाँच बुँदे ज्ञापनपत्रमा नयाँ बसपार्क निर्माण, वडा नम्बर १ देखि १९ सम्म ८५ किलोमिटर चक्रपथ, वडा नम्बर ११ मा जग्गा विकास कार्यक्रम तथा वडा नम्बर ८ मा निर्मित सिटी हल सञ्चालनको लागि माग रहेका छन् ।
धनगढी नगरप्रमुख हमालका अनुसार दुई वर्षअघि नै निर्माण भइसकेको सिटी हल आवश्यक पूर्वाधार अभावले सञ्चालनमा आएको छैन । उनले उपकरण तथा पूर्वाधार जडान नभएकाले सिटी हल हस्तान्तरण हुन बाँकी रहेको बताए ।
वडा नम्बर ३ मा प्रस्तावित आधुनिक बसपार्क निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार भइसकेको छ । नगरप्रमुख हमालका अनुसार बसपार्क निर्माणका लागि संघीय सरकारले अहिलेसम्म जग्गाको भोगाधिकार दिएको छैन ।
त्यस्तै, ८५ किलोमिटरको चक्रपथमा अहिलेसम्म १० किलोमिटर मात्र कालोपत्रे भएको छ ।

इडटपेन 









