लह लह फलेको पहलिपुर धान किसानलाई भित्राउन नपाइने कोही ? भन्ने चिन्ता

धनगढी– अकास मडारिरहेको बेला कैलालीका किसान चिन्तित भएका छन । कसैको पाकी सकेको र कसैको पाक्दै गरेको धना बाली बर्षाको कारण भित्राउन पाईन्छ की पाईदैन भन्नेमा चिन्तित भएका छन ।
ज्ल तथा मौसम बिभाग तथा स्थानिय तह र प्रशासनले भारी बर्षाको सम्भावनलाइ अर्लट गराएकोले पनि किसानलाई बढी चिन्तित भएका छन । बुधवार देखि अकास पनि मडारिएको छ । समान्य बर्षा समेत शुरु भईसकेकोले निद हराम भईरहेको कैलाली कलारी गाउपालिका वडा नम्वर ७ बिसुराम चौधरी बताए ।
‘धानी बाली भित्राउने बेलामा मौसमको गडबडीले चिन्तित भएका छौ’ उनल भने ,‘ भारी बर्षा भयो भने घरखेत सवै डुुवानमा पर्छ ।’ उनले पाकेको धानबाली भित्राउन पाएन भने बर्षभरिनै खाद्य संकट भोक्नुु पर्ने चिन्ता ब्यक्त गरे । ‘चौधरी परिवार संयुक्तमा बस्छ , एक परिवारको कम्तीमा १०÷१२ जनाको हुन्छ । साझ बिहान खाना भात हो । रोटी कम चल्छ’ उनले भने, ‘ मुख्य अनयवाली भित्राउन पाएन भने बेसाहा गरेर पनि बर्षभरी खान सम्भव हुदैन ।’ उनको खेतमा सुुकटी नालाको बाढी लाग्छ । बाढी लागे पछि बाढीले धान बाली पुर्ने , भएकोले क्षेति हुने गरेको छ ।
क्ैलारी गाउपालिका अधिकांस वडामा सुकटी , मोहना , लगायतका एक दर्जन नदी खोलाको बाढीले क्षेति पुुगाउदै आएको उनको भनाई छ । कैलालीको दक्षिणी पुवी डुवान क्षेत्रका बासिन्दाहरुको बर्षादी बर्षा शुरु संगैं कैलालीका नदी तटिय तथा डुवान क्षेत्रका बासिन्दाको निद हराम हुन पुुग्ने गरेको छ ।


लह लह फलेको धानबाली पहिलपुर भएर भित्राउनलाई ठिक्क भएको छ स्थानिय भक्त बहादुर साउदले भने, बिमौसममा पर्न खोजेको पानीले किसानको सपना चकनाचुर गर्ने देखिएको छ । काटि सकेको धान हतार हतरमा भित्राउन थालेका छन उनले काटन ठिक्क भएको धानलाई अव बर्षालाई हेरेर केहि दिन हेर्नुु पर्दा ढिलो भईरहेको छ ।
बर्षालेचुरेबाट उत्पन्न मोहना नदी र सहायक नदीमा आउने बाढीले दक्षिण पुर्वी क्षेत्रका बासिन्दा रातभर निदाउन पाउदैन्न । भारत नेपालको सिमा नदी भएर पश्चिमबाट पुर्व दक्षिण भएर मोहना बग्ने गरेको छ ।
मोहना नदीमा आउने बाढीले गोदावरी , धनगढी उप महानगर पालिकाका केहि बस्तीलाई प्रभावित पार्दै कैलाली गाउपालिका र भजनी नगरपालिकालाई डुवानमा पार्ने गरेको छ । हरेक बर्ष मोहनामा आउने बाढीले कैलारी र भजनी नगरपालिकाका सयौं बिगाहा जग्गालाई कटानी पटानी मात्रैं गर्दैन । धेरैं घर परिवारलाई बिस्तापित समेत हुदैं आएका छन ।
‘हाम्रो वरीपरिको अकास सफा भएपनि माथी चुरेको अकास कस्तो छ रु पानी परि रहेको छ की छैन थहा पाउनुु पर्छ ’ कैलारी गाउपालिका मनिकापुरका रामदास चौधरीले भने,चुुरेमा परेको पानीले मोहनामा आउने बाढीकोत्रासमा बस्नुु परेको छ । उनका अनुसार चुरेमा दिउसो बिहान परेको बर्षाले मोहनामा आउने बाढी राती पुुग्ने गर्छ । अचानक बाढीको समाना गर्नुु पर्ने हुन्छ ।
त्यस्तै मनिकापुरका लाल बहादुरडगौरा थारुले भने,‘बर्षादको बर्षाको भरौसा छैन् कुन बेला चुरेमा बर्षा हुन्छ , खोलानालामा बाढी आउछ पत्तोनैं हुदैंन ।’ उनले थपे,‘ नदी तटियका बासिन्दाले हरेक राती सर्तकता अपनाएर निदाउनु पर्छ ।’

उनका अनुसार कैलारीको वडा नम्वर ७मा पर्ने मनिकापुर बस्ती साउनको पहिलो साताको बाढीबाट केहिको धानको रोपो बगाएको छ । घरहरु डुुवानमा परि घर भित्रको अनाज भिजाएर नस्ट गरेको छ ।
चुरेबाटैं उत्पन्न गौरीगंगा, शिवगंगा , खुटिया , कान्द्रा काडा पथरिया र कर्णालीमा आएको बाढीले जिल्लको पुर्वोत्तर क्षेत्र डुवानमा पर्ने गरेको छ । भजनीका हरिलाल चौधरीले कैलालीको भजनी, जोशीपुर र कैलारी गाउपालिका हरेक बर्ष स्थानिय नदीमा आएको बाढी लाग्ने गरेको छ ।
‘स्थायिय कान्ध्र, पथरिया, काडा र मोहना नदीको संगम भजनीको कृष्णपुर , ढंगना टोल , लालबोझीका बासिन्दाको दुख्ख भनेकैं बर्खाको बाढी हो’उनले भने,‘ जव सम्म सरकारले डुवानग्रस्त यो ठाउका लागि गुरु योजना ल्याएर काम गर्दैन तव बाढीको पिडाबाट स्थानिय पार पाउन मुश्किल छ ।’
भजनी ढुंगना टोलका दिपक ढुंगनाले चुरेको अकासमा कालो बादल मडारिए पछि राती निद नलाग्ने बताए । ‘चुरेबाट उत्पन्न जिल्लाका ठुला नदीको संगम स्थलको तटिय क्षेत्रमा ढुगना टोल परेकोले डुवानको समस्यामा छौं’ उनले भने,‘ चुरेमा बर्षा भएपछि तिन वटै नदीमा आउने बाढी गाउमा पस्छ ।’ हरेक बर्ष बाढीको समस्यामा पर्ने गरेकोले स्थानियले पुर्नवासको माग राख्दै आएको बताए । उनले गत बर्ष हुलाकी सडकमा एक महिना बिताउनु परेको पिडा ब्यक्त गरे ।