(धनगढी) कैलालीको भारत–नेपालको त्रिनगर– गौरीफन्टा सिमा नाकामा दशैको अवसरमा घर फर्कने नेपालीहरुको लर्काे शुरु भएको छ । दशैमा घर फर्कने र तिहार पछि पुनः कामका लागि भारत पस्ने नेपालीहरुको सिमा नाकामा देखिने लर्काे नय“ा होईन ।
घरमा बिरोजगार भएपछि रोजगारीका लागि भारत पस्ने कतिको पुस्तौनी भई सक्यो । डडेल्धुरा जोडवुडा हर्क साउदको बाजे देखी नै कामका लागि भारत जाने गर्दथ्ये । ‘घरको उत्पादनले खान पुुग्दैन थियो , बाजे आफनो उमेरको १५÷१६बर्षको उमेर देखी भारत कमाइका लागि जान थाल्नुु भएको होरे’ उनले भने, ‘तिन पुस्तामा घरमा कोहि सरकारी वा अनय नेपाली जागिरे बन्न सकेनौं , बाजे सगै वुवा भारत गए , अहिले म पनि भारतका बिभिन्न शहरमा कमाई गरि घरपरिवार पाल्नुु परेको छ ।’ उनले यस्तै चाडवाडका बेला घर आउने र परिवार जन संग भोटघाट र रमाईलो गर्ने फेरी कामका लागि भारत तिरनै जानुु पर्ने बताए । उनी आफैलाई भारतमा काम गर्न शुरु गरेको १५ बर्ष पुगि सकेको छ ।
उनी मात्र एक्ला होइन उनी संगै दशैमा घर फर्कने १५ जनाको समुहमा ७ जना परिवारका सदस्य मध्ये कोहिन कोहि वुवा बाजे देखि भारत पस्ने गरेका छन । दैनिक २देखी ३ सय सय नेपालीहरु अहिले दशै मनाउन गौरीफन्टा नाकाबाट सुदूरपश्चिम घर फर्कि रहेका छन । दशैंमा मात्रै होईन भारतमा काम गर्ने नेपालीहरु हरेक चाडवाडमा घर फर्कने लर्काे लाग्ने गरेको छ भने चाडवाडपछि पुनः भारत पस्ने लर्काे लाग्ने गरेको सिमा नाकामा नास्ता पसल थाप्दै आएका पार्वती बिष्टले बताईन । उनी आफैलाई दश बर्ष भयो सिका नाकामा नास्ता पसल थापेर बसेको । उनले भनिन,– ’कामका लागि भारत पस्ने र चाडवाडमा घर फर्कने लर्काे को निरन्तरता कहिले टुुटला ?’ उनलाई सवैभन्दा टिठ लाग्ने कुरा बर्ष दिनको कमाइ गरेर घर फर्कदा बाटोमा लुटिनुपर्ने पिडा र भोक्नुु पर्ने अन्य सास्तीको ब्याथा लाग्ने गरेको छ ।
यात्राको सास्ती
बझांग मष्टा गाउपालिका १का ६० बर्षे दल बहादुर ओखेडाको पलिया बस स्टेशनमा समानको एक ठुलो झोला रिक्सावालाले लुकाइ दियो । त्यो झोला फिरौती ६ सय भारु तिर्नु परेको पिडा नास्ता पसल थापे बसेकी पार्वतीले यो पक्तिकारलाई सुनाईन ।
उनका अनुसार भारतको वंैङग्लोर शहरबाट घर फर्केका ओखेडा बस अदलीबदली गर्न पलिया स्टेशनमा उत्रेका थिए । गौरीफन्टा सीमानाकाको बस समात्ने वेला रिक्सावालाले उनको एउटा झोला लुकाई दिएको रहेछ । ‘ आखेडाले परदेशमा धेरैं जिद्दी र झगडा गर्न सकेन्न र झोलामा पुराना लुगाकपडा मात्रैं भएको , खोजेर ल्याई दिएमा पैसा दिने भनेपछि रिक्सावाला आफैंले एकछिनमा खोजे जस्तो गरेर यो झोला हो भनेर ओखेडालाई दिएको ओखेडाले नास्ता पसलले बिष्टले आफुुलाई बताएको बताईन ।
पलिया धनगढीबाट१८ किलोमिटर दुरीमा रहेको सीमावर्ति बजार हो । धनगढीको त्रिनगर–गौरीफन्टा नाकाबाट प्रवेश गर्ने नेपालीहरु पलियाबाटैं भारतका बिभिन्न शहरमा कामका लागि जाने र चाडवाडका बेला घर फर्कने गरेका छन । पलिया सम्म भारतको वंैङग्लोर, गुजरात , चिन्नेई, महाराष्ट्र, मुम्वई, डिल्ली , पन्चाव लगायतका बिभिन्न ठुला शहर जाने बसहरु सिदैं चल्ने गरेका छन । येतिबेला दसैतिहारका लागि घर फर्कने हजारौं नेपालीहरु पलियाबाट गौरीफन्टा सम्मको लोक्कल बसमा चडनेबेला त्यहा रिक्सावाला मजदुरको झम्टाईमा परेर दुख्ख पाउने गरेका छन ।
घर फर्कने नेपालीहरु बाट गौरीफन्टा भन्सारमा भारतिय भन्सारकर्मिले सानो ठुलो पाको बाकस र अन्य समान हेरेर सय रुपै देखि ५ सय सम्म माग्ने गरेको अन्य नेपालीहरुले समेत बताए । ‘पोकाहरु खोलेर देखाउन भन्दा सय रुपैया थमाई दिएपछि सिदैं आउनु पाइयो’ अछाममा लाल बहादुर खडकाले भने,‘ काम गर्ने ठाउको दुख्ख भन्दा आउने जाने बेलाको सास्ती बढी छ ।’
वंैङग्लोरमा एक बर्षको बसाई पछि घर फर्केकी कञ्चनपुर बडैपुरका गणेश र बिमला नेपाली दम्पतीले पलिया र गौरीफन्टामा रिक्सावालाले लुछाचुडी गरेर दुख्ख दिने गरेको बताए । ‘हातको झोला खोसेर जर्वरजस्त आपनो रिक्सामा राख्छन’उनले भने,‘पछि उनिहरुले भनेजति भाढा दिनु पर्छ ।’उनीहरुले पनि गौरीफन्टामा बसेका भारतिय भन्सारकर्मिलाई एक सय रुपैया मागेको बताए ।
पलियामा र गौरीफन्टा नाकामा रिक्सावाला मजदुर , भान्सारसुरक्षाकर्मिले बढी दुख्ख दिने गरेको अर्का सुनिल नेपालीले पनि भने । ‘पलियामा गौरीफन्टाका लागि बस अदलीबदली गर्दा रिक्सावालाले जर्वरजस्ती गर्ने, मनमरी भाढादर माग्ने , नदिए समान गाइव गरि दिने गर्छन’ उनले भने,‘नाकामा पुगेपछि पारी भारतिय भन्सारकर्मिले १÷२ सय मागि हाल्छन ।
गौरीफन्टाबाट वारी त्रिनगर पुल सम्म समान ल्याई दिए वाफत रिक्सावालाले पनि लुट मचाउने गर्छन । ‘सय मिटरको दुरीमा समान सारि दिएको २÷३ सय माग्छन’उनले भने,‘ त्रिनगरबाट धनगढी भन्सार पुगाउने अटोरिक्साकोपनि मनमरी भाढा असुली गर्छन ।’ त्रिनगर धनगढी चौराहा समान्य भाढा दर प्रतिब्यक्ति २० रुपैया मात्रैं हो ।

इडटपेन 









