धनगढी-कैलाली उद्योग बाणिज्य संघले आफनो बार्षिक क्यालेन्डरको रुपमा स्थापित गर्दै आएको सुदूरपश्चिम महोत्सव मंसिर २२ शनिवार देखी शुरु भएको छ । संघिय उद्योग बाणिज्य मन्त्री दामोदर भन्डारीले महोत्सवको उद्धघाठन गरेका छन ।
पुस २ गते सम्म सञ्चालन हुने महोत्सवमा रमाईलो मेला , स्थानिय तथा राष्ट्रिय अन्र्तराष्ट्रिय उत्पादन तथा ब्रान्डका स्टलहरु रहेका छन । कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायत पाँच सय ३१ वटा स्टल राखिएको आयोजकले जनाएको छ। महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टीकट निर्धारण गरिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरुको खोजी गर्न र यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभुसाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताएका छन्। उद्योग बाणिज्य संघ कैलालीले २०६३ सालमा सुदूरपश्चिम महोत्सवको सुुरुवात गरेको हो । महोत्सवको उद्देश्य स्थानिय उत्पादनको प्रर्वद्धन , सस्कृतिको जगृना , उद्योग ब्यपारीको कारोवार अभिबृद्धि , कृषि बजार , पर्यटन प्रर्वद्धन र राष्ट्रिय तथा अन्र्तराष्टिय ब्रान्डको उपभोक्ता संगको सम्वन्ध बिकास गर्ने रहदै आएको छ ।
महोत्सवको पहिलो सस्करणबाटै आयोजकले राष्ट्रिय ब्यक्तित्वलाई प्रमुख अथितीको रुपमा आमन्त्रण गर्दे आएको छ । प्रमुख अथितीलाई आयोजक कमेटीले सुदूरपश्चिमका बिकास संग सम्वन्धित मागलाई स्वागत मालाले ग्रहण गराउदै आएको पनि छ । पहिलो सस्करणमा कैलाली उद्योग बाणिज्य संगले यस क्षेत्रका २१ बुुदे माग सहित २१ किलोको माला तत्कालिन प्रधानमन्त्रीलाई प्रमुुख अथितीको रुपमा बोलाएर लगाएको थियो । त्यसपछिका सस्करणले पनि मालाले निरन्तरता पाउदै आएको छ । हरेक सस्करणमा पुरा भएका मागलाई हटाउदै प्रमुख अतिथीको गालामा मला लगाउदै आएका छन । यस सस्करणमाउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई १० बुँदे मागपत्रसमेत बुझाएको छ।
उक्त दश बुदे माग पत्रमा पश्चिम सेती जलविद्युत आयोजना र सुक्खा बन्दगाह निर्माण, सेती प्रादेशिक अस्पताल र त्रिनगर–गौरीफन्टा नाकाको स्तरोन्नति लगायतका माग बुझाइएको महासचिव ओम बिष्टले बताएका छन्।

इडटपेन 









