सरोकारवाला संग पाठ्यक्रम सम्वन्धी छलफल

 

धनगढी – पाठ्यक्रम बिकास केन्द्र सानो ठिमी भक्तपुर द्धारा पाठ्यक्रम तथा पाठ्यपुुस्तकको गुणस्तरीयता बृद्धिका लागि सरोकारवालाहरु संग धनगढीमा आइतवार एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ  ।
उक्त  कायक्रममा पाठ्यपुस्तक बिकास केन्द्रका निर्देशक बासुुदेव वस्तीले आजको आवश्यकता अनुसार पाठ्यक्रमको बिकास र परिमार्जन सम्वन्धी कक्षा लिए । उनले इसिडिको पाठ्यक्रम अद्यावधि गरेको जानकारी समेत दिदै आजको शिक्षालाई घर देखी बजार सम्मको ब्यवहारिक र ब्यवशायिक बनाउनुपर्ने धारणा ब्यक्त गरे । कार्यक्रममा सहभागी प्रधानाध्यापक , शिक्षक , लगतायतका सरोकारवाला पक्षले बिद्यालय शिक्षा निति परिमार्जन संगै सिकाई उपलब्धी, परिक्षा प्रणाली , मुल्याकंकन , लगायत शिक्षाका बिबिध बिषयका समस्या र चुुनातीका बारेमा आ आफनो धारणा ब्यक्त गरे ।
कार्यक्रमको सहजीकरण, समुन्वय र सहयोगमा शिक्षा समुन्वय इकाईका निमित्त प्रमुख प्रताप सिह धामीले गरेका थिए । कार्यक्रममा धनगढी उपमहानगर र गोदावरी नगरपालिकाका सरोकारवालाहरुको उपस्थिती थियो ।करिव ५० जनाको उपस्थिती रहेको थियो । सहभागीमा केहि बिद्यालयका बिद्यार्थिहरु पनि रहेका थिए ।