काठमाडौँ — नेपाल प्रिमियर लिग ९एनपीएल० पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो ।
जनकपुरले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । नेपाली खेलकुदमा प्रदान गरिएको यो सबैभन्दा ठूलो पुरस्कार रकम हो । उपविजेता सुदूरपश्चिमले ५१ लाख पाएको छ ।
आठ फ्रेन्चाइज टिम सहभागी प्रतियोगितामा तेस्रो भएर कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ पाए । २२ दिन चलेको एनपीएलमा ३२ खेल भएका थिए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ हुँदै पुरस्कारका रूपमा कार प्राप्त गरे । प्रतियोगिताभरमा सर्वाधिक १७ विकेट लिएका जनकपुर बोल्ट्सका ललित राजवंशीले उत्कृष्ट बलर घोषित हुँदै मोटरसाइकल पुरस्कार हात पारे ।
फाइनलमा लाहिरू मिलान्थाको ८७ रनप्रेरित जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको हो । सुरुआती ४ खेल जितेपछि जनकपुरको ब्याटिङ खुल्न सकेको थिएन । तर फाइनलमा जनकपुर पावर प्लेको ६ ओभरमा ७१ र पहिलो १० ओभरमा १०५ रन जोडेर लक्ष्यतिर लम्किएको थियो । मिलान्थाले आसिफ शेखसँग ७ ओभरमा ७७ रन जोडेका थिसुदूरपश्चिमले यसै एनपीएलमा जनकपुरलाई दुई पटक पराजित गरेको थियो । राउन्ड रोबिन लिग खेलमा सुदूरपश्चिमले जनकपुरमाथि ७२ रनको विजय हात पारेको थियो । सुदूरलाई १२३–९ को स्कोरमा रोके पनि जवाफमा आएको जनकपुर १२।१ ओभरमा ५१ रनमै अलआउट भएको थियो ।ए । मिलान्थाले ४९ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरेपछि जनकपुरले १८५ रनको लक्ष्य ४ बलअघि पूरा गरेको थियो ।यो एनपीएलकै न्यून स्कोरमा रह्यो । सुदूरपश्चिम जनकपुरलाई नै क्वालिफायर–१ मा ८ विकेटले हराएर फाइनल पुगेको थियो । जनकपुरले क्वालिफायर–२ मा कर्णाली याक्समाथि २ विकेटको विजय हात पार्दै सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको थियो ।
हातमा चोट बोकेका कप्तान अनिल साहबिनै जनकपुरले यो सफलता पाएको हो । ‘मैले हिजो जति पनि व्यक्ति भेटेको थिएँ, सबैले रोयल्सलाई तिमीहरूले जित्न सक्दैनौं भनेका थिए, तर रोयल्सलाई पराजित गर्न सक्छौं भन्ने आत्मविश्वास टिमभित्र हामी सबैलाई थियो,’ जनकपुरका प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘सुदूरपश्चिमले उत्कृष्ट सुरुआत गरेको थियो, त्यसमा हामीले उत्कृष्ट पुनरागमन गर्यौं । ब्याटिङमा हामीले अपेक्षा गरेअनुरूपकै प्रदर्शन गरेका हौं ।’
फाइनलमा ३१ बलमै आफ्नो अर्धशतक पूरा गरेका मिलान्था व्यक्तिगत ६५ रनमा भएको समयमा सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीले कट एन्ड बोल्डको मौका गुमाए । मिलान्थाले एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ बलमा अविजित ७५ रन बनाएका थिए । प्रतियोगितामा खासै जम्न नसकेका आसिफ शेखले १९ बल खेल्दै ४ चौका र २ छक्कासहित ३३ रन बनाए । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाई आउट भए ।हर्ष ठाकरले ३० र विजयी रन बटुलेका मयन यादव २ रनमा अविजित रहे । ठाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । दीपेन्द्रले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । सैफ जैब, इशान पाण्डे र स्कट कुग्लेनले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । जैब र विनोद भण्डारीले शतकीय साझेदारी गरेका थिए । बाह्रौं ओभरमा पहिलो विकेट गुम्दासम्म सुदूरपश्चिमले १ सय १७ रन जोडेको थियो । तर अन्तिम ५ ओभरमा टोलीले ४१ रनमात्र जोड्न सक्यो । सुदूरपश्चिमले पहिलो १० ओभरमा बिनाक्षति ९७ रन जोडेको थियो ।
जैबले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । उनले १२ औं ओभरमा ६२ रनमा जीवनदान पाए । किशोर महतोको बलमा उनले लङअनमा प्रहार गर्दा शेर मल्लले क्याच फुत्काएका थिए । सोही ओभरमा किशोरले जैबलाई ६९ रनमा आउट गरे । जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । अर्को ओभरमा ललित राजवंशीले अर्का ओपनर विनोद भण्डारीलाई बोल्ड गरे ।
विनोदले ३१ बल खेल्दै १ चौका र ३ छक्कासहित ४१ रन बनाए । हरमित सिंह ८ बलमा १ छक्का प्रहार गरी १४ रनमा आउट भए । जिम्मीले स्कट म्याकमुलेनलाई १४ रनमा बोल्ड गरे । म्याकमुलेनले १२ बल खेल्दै १ छक्का प्रहार गरे । मोहम्मद मोहसिनले एकै ओभरमा दीपेन्द्र र आरिफ शेखलाई आउट गरे । ७ बल खेलेका दीपेन्द्रलाई ९ र आरिफ ३ बलमा १ रन बनाएर आउट भए । स्कट कुग्लेन १० बलमा २ चौकासहित १३ रन जोडेर आउट भए ।
कुग्लेन र नरेश बुढाऐर ९८० लाई किशोरले अन्तिम ओभरमा आउट गरेका थिए ।किशोर र मोहसिनले ३–३ विकेट लिए । किशोरले ३ ओभरमा २५ र मोहसिनले ४ ओभरमा ४० रन खर्चे । जनकपुरका अन्य बलरमाथि सुदूरपश्चिमका शीर्षपंक्तिको ब्याटिङ हाबी भए पनि ललितले ४ ओभरमा १ मेडन राख्दै १५ रनमात्र खर्चेर १ विकेट लिए । निसमले ४ ओभरमा ४४ रन खर्चिर्एर १ विकेट लिए ।जिम्मी निसम ४ र आकाश त्रिपाठी २ रनमै आउट भए ।
विनोद पाण्डे कान्तिपुर सभार

इ-डटपेन 









