चिसोले जनजिवन प्रभावित बन्दै

(धनगढी) पश्चिम तराई कैलाली र कञ्चनपुरमा अत्याधिक चिसो बढेको छ । माघी संक्रान्ति देखि घाम समेत झुल्केको छैन । अझै केहि दिन चिसो बढदै गए दिनमजुदरी गरि सा“झ बिहानको छाक टार्न बर्ग समस्यामा पर्ने देखिन्छन ।
जल था मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव परेको जनाएको छ । मौसम महाशाखाका अनुसार तराईका केहि जिल्लामा बाक्लो हुुस्सु र कुहिरो लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेसमा बर्षाको सम्भावना पनि बताएको छ ।
कैलाली धनगढी उपमहानगर पालिका पुरानो एयरपोर्टमा बस्दैं आएका मुक्त कमैया हरि चौधरी चिसोले गर्दा साझ बिहानको छाक टार्न मुश्किल बताए । ‘एकातिरन्यानो लुगा नभएर कठ्याङग्रिनु परेको छ’ उनले भने, ‘अर्काेतिर दिनमा दिन मजदुरी गर्न गाहे छ।’ चिसोले बालबालिकाहरु बिरामी पर्न लागेको समेत मुक्त कमैया शिविरका अर्का दुखी राम चौधरी बताए।
उनले चिसोमा रिक्सा चलाउन नसक्दा साझ बिहानको छाक टार्न समस्या भएको बताए । अर्का शेर बहादुर चौधरीले चिसोमा दिनमजदुरी गर्न पनि नसकिने पाउन पनि नपाईने दुवै कारण खाली बस्नु पर्दा समस्या पैदा भएको बताए ।
झपडीमा बास रहेको अब्यवस्थित मुक्तकमैया, सुकम्वासी लगायका परिवार प्रभावित भएका छन । ‘न्यानो लगाउने ओ६याउने र ओडने लुगा नभएर आगो तापेर बस्ने दिन शुरु भएका छन’ जुगेडाका हरि बहादुर बिकले भने,‘ चिसोले गर्दा दिनमा मजदुरी गर्न पनि गाहे भएको छ ।’
त्यस्तैं मनिरा शिविरका देवीलाल डगौरालेपनि रात काटनका लागि दाउरा र मुडाको खोज्नु परेको बताए । उनले रिक्साचलाएर , बजारमा अन्य सरसफाई तथा भरियाको काम गरेर जिवन धान्नेका लागि चिसो मौसम अत्यन्तैं खराव भएको बताए ।
। चिसोले बालबालिका सहित बुढापाखा र गर्ववती महिला लाई समेत असर पर्ने गरेको छ ।
चिसो बढेपछि निमोनिया , रुघाखोकीका बिरामी समेत बढन थालेका छन । चिसोले गर्दा बालबालिकाहरुको टाउको दुख्ने , झाडापखलाका समस्या समेत न्म्तिाउने गरेको धनगढी स्वास्थ्य शाखाका कृष्ण बोहराले बताए ।