नेपाली काग्रेंस क्षेत्र नम्बर ५ कैलालीको क्षेत्रीय सम्मेलन सम्पन्न

धनगढी- नेपाली काग्रेंस क्षेत्र नम्बर ५ कैलालीको क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औ महाधिवेशन पछिको दोस्रो प्रतिनिधि सभा क्षेत्र नम्बर ५ कैलालीको क्षेत्रीय सम्मेलन भएको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलालीका सभापति भीम पडालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेंसका केन्द्रिय सदस्य नृपवहादुर ओड रहेका थिए । क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य ओडले नेपाली काग्रेंसबाट निर्वाचित जनप्रतिनिधिहरु र पार्टीका नेता तथा कार्यकर्ताहरु एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिए । केन्द्रिय सदस्य ओडले पार्टीमा गुटबन्धी नरहेको र पार्टी सभापति शेरवहादुर देउवा नै सबैको साझा रहेको बताए ।
क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अर्का केन्द्रिय सदस्य सुशिला मिश्र भट्टले काग्रेंसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले गरेका सकारात्मक कामहरुलाई अनुसरण गर्दै त्यसको प्रचार प्रसार गर्नुपर्ने बताईन् । उनले राम्रा कामहरुका अनुसरण गर्दै जनमुखी कामहरुलाई प्राथमिकताका साथ सबै जनाले लैजानुपर्ने बताईन् ।
क्षेत्रीय सम्मेलनलाई नेपाली काग्रेंसकी केन्द्रिय सदस्य जीवन राना, सदस्य, प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त, राष्ट्रिय सभा सदस्य तथा कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, नेपाली कागेंस सुप प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनु, पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवा, प्रदेश सभा सदस्य डम्मरी महरा लगायतले मन्तव्य राखेका थिए । उनीहरु सबैले नेपाली काग्रेंसलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।
क्षेत्रीय सम्मेलनमा नेपाली काग्रेंसका कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, उपमहानगरपालिकाका सभापति यज्ञराज उपाध्याय सहित प्रदेश सभा क र ख का सभापति र क्षेत्र नम्बर ५ का २१ वटै वडा सभापति लगायतलाई सम्मान गरिएको थियो भने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५ स्थित कनरी पार्कमा झण्डै चार सय बढी नेता कार्यकर्ताहरुको उपस्थितिमा सफलता पुर्वक सम्पन्न गरिएको क्षेत्रीय सम्मेलनमा सचिव विजय जोशीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन अर्का सचिव महेश गोलेले गरेका थिए ।