मूर्तिकार युवक आफनो मूर्तिकला पेशामा बदेल्न प्रयत्नशिल

धनगढी – माटोको मूर्ति बनाउने सानै देखिको कला र सौखलाई पेशामा बदल्न २७ बर्षे श्याम देव चौधरी प्रयत्नशिल छन । बनाउने मूर्तिको मागलाई बढाउन नसक्दा उनको कला अझै पेशा अर्थात आम्दानीको स्रोत बन्न सकेको छैन ।

आफनो कला सीपलाई ब्यावसायिक रुपमा परिर्वतन गर्न नसक्दा उनको जिविकापार्जनमा समेत कठनाई बढेको छ । तर पनि आफनो बाल्यकालको मूर्तिबनाउने सौखलाई जिविकापार्जनको कठनाईले मात्रै छोडने उनको मन छैन ।
कुुुनै न कुनै दिन आफनो कलाले पनि बजार पाउला भन्ने आश र दृड बिश्वासमा बर्षमा एक÷दुुई थान मूर्ति बच्न पाउदा पनि मख्ख छन उनी । उनले धनगढी ५ हसनपुर एक्सिस मार्गमा एक सानो कच्ची छानोको खोकामा फोटो फ्रेमि¨ र मूर्ति पसल थापेका छन । फोटो फ्रेमि¨को ब्यापार पनि नामको जस्तै हो ।

धनगढीको शहरमा लगानी धेरै नभएको सानो खोका भित्र फोटो फ्रेमि¨ गर्न पनि को आउने ? उनका अनुसार खासै काहि आउदैनन । आफनै माटोको मूर्ति बनाएर त्यसै सजाएर पनि राख्न सकिदैन । अर्डरकै प्रतिक्षामा खाकाको ब्यापारमा खाकाको भाडा पनि आउदैन ।
कामको खोजीमा बिरगञ्ज गएको बेला उनले माटोको मूर्तिबनाउने कलाकारको समिप्यमा पुुगेको उनले बताए । आफनो बाल्यकाल देखिको माटो खेलाउदै मूर्तिबनाउने सौख र मूर्तिका अर्डर लिएर राम्रो आम्दानी गरि रहेका बिरगञ्ञका एक जना कलाकारको ब्यापारलाई देख्दा आफनो शहरमा स्थापित हुन खोजेको बताए ।
स्थायी घर गौरीगंगा नगरपालिका मसुरियाका चौधरी धनगढीमा बिरगञ्जका मूर्तिकारको जस्तै आफनो कला बेच्न र यसैलाई पेशा र आम्दानीको स्रोत बनाउन खोजेको बताए । उनले भने,‘ बिरगञ्ञजबाट मूर्तिकारलाई प्रेरणाको स्रोत मानेर घर फर्के र धनगढीमा आएर मूर्ति बनाएर बेच्ने उपयुक्त स्थानको खोजी गरेर यह“ा निर बसेको हुु“ ।उनले जग्गाको भाडा मात्रै तिर्ने गरि एक काठको खोका थापेर शुरुवाती चरण पार गर्न खोजेको पनि तेस्रो बर्ष पुुगेको बताए ।
उनका अनुसार पहिलो बर्ष सरस्वती पुजाको केहि दिन अघि एउटा सरस्वतीको माटोका मूर्ति बनाएर खोकामा प्रर्दशनमा राखे । उनले भने, खोकामा अर्डर गर्न नआउने जस्ता मानेर आफुु स्कुुल स्कुलमा गए । तर कुनै स्कुुलले पनि किन्न मानेनन । बिक्री पनि नह“ुदा त्यो बर्ष सरस्वती पुजाको दिन आफैले मूर्तिको पुजा गरेर बिर्सजन गरे ।’ तर आफुु हत्तोसाहि नभएको बताए । दोस्रो बर्ष एउटा स्कुुलबाट अर्डर आयो । तिन हजारमा एउटा सरस्वती माताको मूर्ति सरस्वती पुजाको दिन एउटा स्कुुलले किन्यो । यसले आफुुलाई उर्जा थपेको उनले बताए ।
‘यो तेस्रो बर्ष माघ २१ गतेको सरस्वती पुजाका लागि २ वटा सरस्वती देवीका अर्डरमा मूर्ति बनाउदै छु’ उनल भने,‘ यता सुदूरपश्चिम तर्फ माटोका ठुुलामूर्ति पुजा गर्ने चलन कम भएर होला । अर्डर पाउन सक्दैन । शायद म एक्लै हुुु मूर्ति बनाउने धनगढीमा तर अर्डर छैन । ’ मुर्तिको साईज अनुसार एउटा ४ हजार र एउटा ३ हजारको सरस्वतीको मूर्तिको मात्रै अर्डर पाएको बताए । ‘मुर्तिबाट शायद मेरो यो मेरो बर्षभरिको कमाइ हो की ?’ उनले भने ‘ आफनो सौखको कलालाई पेशामा बदल्न मुश्किल पर्ला जस्तो छ । तर म हरेश खाएको छैन । केहि बर्ष अझै धनगढीमा मूर्तिको अर्डर लिएर बनाउने र आफनो सौख पनि पुरा गर्ने र आफनो आम्दानीको स्रोत पनि येहि बनाउने प्रयासमा रहिरहने छुु ।