बस्ती बचाउन स्थानिय आन्दोलनको तयारीमा

धनगढी –गोदावरी नगरपालिका ९ खुटिया नदीमा भएको जथाभावी उत्खननले बस्ती जोखिममा परेका छन ।


नदी बाट भईरहेको ढुुंगा गिट्टी बालुवाको उत्खननले पुर्व र पश्चिम बल्मी र स्याउले बस्तीको भबिश्य सुुनिश्चित नभएको स्थानियको भनाई छ । स्थानिय सरकारले बर्षनी नदीमा ढुंंगा गिट्टी र बालुुवा उत्खन्न्नको ठेक्का लगाउदै आएको छ । नगरपालिकाले यस बर्ष साढे ६करोडमा ठेक्का लगाएको छ । पालिकाले बार्षिक करोडौंको राजश्व संकलन गर्ने तर नदी छेउबस्तीकोको सुरक्षाका लागि तटवन्ध र बिकासमा वेवास्ता गरेको स्थानियको भनाई छ । उनिहरुले आन्दोलनमा उत्रिन परेको बताएका छन ।
आन्दोलनका लागि संघर्ष समिति समेत घोषणा गरेका छन । बस्ती र जंगल सुरक्षाका लागि नदीबाट जथाभावी उत्खन्न बन्द गरिनुु पर्ने मुख्यमाग रहेको छ । समितिका संयोजक गोपाल देउवाले नदीबाट बतावणिय मुल्यांकन आईइए अनुसार उत्खन्न भए÷नभएको अनुुगमन हुनुु नसक्दा समस्या उत्पन्न भएको बताए ।
उनका अनुसार आईइए गरिएको स्थानमा पनि ठेकादार कम्पनीले जेसिवी प्रयोग गरेर नियम बिपरित ढुुंगा गिट्टी उत्खन्नले नदीले धारपरिर्वतन गरिरहेको छ । पश्चिम तर्फ धार परितर्न भएमा धनगढी उप–महानगर समेत बग्ने उनको कथन छ । अहिले उत्खन्नका कारण पुर्वी तर्फ वडा नम्वर ९को बल्मी शिबिर र पुुरै बल्मी बस्ती जोखिममा छ । नदी छेउको खेल मैदान पनि बगाई सकेको छ ।
उनले यस नदीबाट संकलन भएको राजश्वको निश्चित रकम बस्तीको तटवन्ध र बिकासमा लगानी गरिनुु पर्ने मुख्य माग रहेको बताए । महेन्द्र राजमार्गको खुटिया पुल मुनीको जमिन बाढीले कटान गर्दै आएको छ । बाढीले प्रत्येक वर्ष जमिन कटानी गर्दै आएको छ। तर, नदी कटानबाट बस्तीको सुरक्षाका लागि योजना स्थानीय सरकारसँग छैन। खुटिया खोलाबाट हुने आम्दानीको प्रतिशतका हिसाबले विकास दिनुपर्ने उनीहरूको माग रहेको छ। सङ्घर्ष समितिका संयोजक गोपाल देउवाले नगरपालिकाले खुटिया खोलाबाट भएको आम्दानीको प्रतिशतका हिसाबले बजेट विनियोजन गर्नुपर्ने बताए। उनले भने, ‘वडामा एक करोड पनि बजेट हुँदैन। खुटिया खोलाबाट मात्र सात करोड वार्षिक आम्दानी हुन्छ। यो बस्ती जोखिममा छ। तटबन्धसमेत दिदैन। बस्ती जोखिममा पारेर नदीबाट गिट्टी, बालुवा, ढुङ्गा लैजाने काम हुँदै आएको छ। तर, बस्तीको सुरक्षामा नगरपालिकाले कुनै वास्ता गरेको छैन।’
खुटिया खोलामा बसोबास गर्दै आएका नागरिकको प्रमुख आर्थिक स्रोत गिट्टी हो। गिट्टी बिक्रीबाट उनीहरूले जीविका चलाउदै आएका छन्। गिट्टी कुटेर जीविका चलाउने भएकाले जनप्रतिनिधिलेसमेत हेपेका उनीहरूको गुनासो छ। एक महिलाले भनिन्, ‘बगे पनि गिट्टी कुटेर खाने त बग्छन सोच्छन। हाम्रो बस्ती सुरक्षाका लागि बजेट दिदैन।’ गोदावरी नगरपालिका–९ खुटिया खोलाको पूर्वी क्षेत्रको बस्तीमा ग्राभेलसम्मको सडकसमेत नरहेका गुनासो उनीहरूको छ।
स्थानिय सन्तोस आउजीका अनुसार २० बर्ष अघि नदीबाट उत्खन्न कार्य पनि हुदैन थियो । बस्ती र जंगललाई कुनै पनि क्षेति पुुगेको थिएन । उनले जहिले देखि स्थानिय सरकारले ठेक्का माध्यम खोलाबाट ढुंगा गिट्टीको उत्खन्न गर्दै आफनो आम्दानीको स्रोत बनायो, उहिले देखि बस्ती जोखिममा परेको उनको भनाई छ ।
‘ पहिला नदीको चौडाई ५ सय मिटिर जति थियो’उनले भने,‘त्यसबेला पुर्वपश्चिम राजमार्गको खुटिया नदीको लम्वाई पनि ५ सय मिटर नै बनाईएको हो । अहिले पुलको माथी र तल्लितरको भागबाट भएको जथाभावी उत्खननले बगरको भाग ५ सय चौडाई बढेको छ । पुल पनि जोखिममाा परेको छ ।’
त्यस्तै गोदावरी नगरपालिकाको विकास नदी किरानको बस्तीमा पुगेको छैन। स्थानीय तारा धामीले नदी किनाराका बस्तीहरूमा विकास नआएको बताइन। उनले भनिन, ‘हामी गरिब भएर हो की रु गिट्टी कुटेर खाने भनेर नहेरेको हो की रु भोट हाल्ने बेला तटबन्ध गर्छौ भन्दै थिए। पछि आउनु भएन। पहिलो नदी टाढा थियो। अहिले घर नजिक आएको छ। बर्सातको समयमा राति घर थर्किन्छ।’