धनगढी-कैलालीको चुरे भावर क्षेत्रका बस्तीहरुमा परम्परागत पानीका स्रोतहरु सुक्दै गएका छन । ग्रयावेटी सिस्टमबाट सञ्चालित खानेपानीका योजनाका धारामा पानी आउन छोडेको छ । डिपबोरिंगबाट पनि मुश्किलले पानी भेट्टिने गरेको छ ।

चुरेमा पर्ने मोहन्याल चुरे गाउपालिका बस्तीमा खानेपानीको समस्या सवैभन्दा बढी देखिएको छ । यहाका कयौं गाउका बासिन्दा घण्टौ दुरीको पानी खानु परेको छ । पानीका दुख्खले चुरेमा बस्नें केहि बस्तीका पानीकैं दुख्खले बिस्तापित समेत पुगेका छन । खैराला, पन्डौन , सहजपुर ,सुगरखाल, निगाली ,गोदावरी पहाडी क्षेत्रका दुर्गम बस्तीका केहि बस्ती सरेका छन ।
पानीको रिचार्ड हुने चुरेको भावर क्षेत्रमा भएको वनजंगल बिनास र खोलानालाको दोहोनले तराई मरुभमी प्रणित हुन बेर नलाग्ने बिज्ञहरुले बताएका छन । भुमिगत जल बिशेषज्ञ अमर बहादुर चन्द ठकुरीले भावर क्षेत्रको ‘वाटर लेवल’ घट्दै गएको बताए ।

उनका अनुसार वन बतावरणमा परेको असरले लामो बर्खा नपर्नु , एकै चोटी ठुलो पानी पर्ने र त्यो जमिन भित्र छिर्न नपाएर बग्ने , पानीलाई रोक्ने बोटबृक्षहरु पहिलाको जस्तो भावर क्षेत्रमा नहुनु र रिभर बेल्टमा ढुंगा÷गिट्टी उत्खन्न आदि कारणले ‘वाटर लेवल मेन्टन’ हुन नसकेको उनी बताउ“छन ।
चुरे भावर क्षेत्रमा ‘ग्राउण्ड वाटर स्टोरिज’ एकदम न्युन भई सकेका छन बताए । ‘हेन्डपम्प , परम्परागत कुवा“ नौला , ईनार लगायतका पानीपधे“राहरुको पानीको स्रोत सुकेको स्थानियहरुले जानकारी दिएका छन । मुलहरु सुक्दै आएकोले करोडौंका खानेपानी योजना अलपत्र पर्ने अवस्थामा रहेको खानेपानी तथा सरसफाई कार्यालय धनगढीका प्रमुख गिस्म थापा समेत स्विर्काछन ।
चुरेको ‘तल्लो जलाधार क्षेत्रमा पनि पानीको सहत अझ गहिराईमा गई सकेको छ । ‘ धनगढी क्षेत्रमा अहिले २ सय मिटर गहाराईमा मात्रै पानी सतह भेटिन थालेको छ ।
कैलालीको गोदावरी नगरपालिका १०, ११ र १२ ओलानी र वन्दगाडा ,गौरीगंगा, घोडाघोडी , बर्दगोरिया र लम्की चुहा नगरपालिकाका चुरे घाडीघासका बस्तीमा खानेपानीको समस्या टडकारो देखिएको छ । बस्ती भरि दर्जन कुवा छन । तर सुकेका छन । बर्खामा मात्रै पानी रसाउने गरेको स्थानियहरु बताउ“छन । ,
वन संरक्षित क्षेत्रको बिनास , बर्षादमा अनुकल पानी नपरेर र चुरे क्षेत्रमा भएको भौतिक पुर्वाधार बिकासको कारण चुरेको भावर क्षेत्रमा हुने पानीको रिचार्डमा कमी आएर यो समस्या देखिएको बिज्ञहरुको कथन छ ।
पहलमानपुर वन डिभिजन अधिकृत रामचन्द्र कडेलले पछिल्लो समयमा भावर क्षेत्रमा भएको वन बिनास, वनबतावरणि मुल्यांकन बिना निर्माण भएका सडक तथा अन्य बिकासका संरचना र चुरे बग्ने खोलानालाबाट जथाभावी ढुंगागिट्टी उत्खन्न आदि कारणले पानीको रिचार्ड क्षेत्र प्रभावित भएको छ । यसले भवश्यमा तराईमा पानीको ठुुलै संकट निम्तिन सक्ने उनी बताउछन ।
उनी चुरेमा भु–क्षय, बस्ती जोखिम , पानीका मुहान सुक्दै जानु र तराईमा बाढीको प्रकोप र राजमार्गको पुल भासिने समस्याको सिर्जना चुरे दोहोनको प्रभाव भएको बताउ“छन । चुरेको दोहोनलाई नियन्त्रण गर्न नसकिए तराईको भबिश्य समेत संकटमा पर्ने उनको कथन छ ।
‘चुरे दोहोनलाई समयमै नियन्त्रण गर्न नसके उर्वरभुमि मरुभुमीमा प्रणित हुन बेर लाग्दैंन’ बतावरण प्रेमी बिजय श्रेष्ठ भन्छन,। उनका अनुसार भावर क्षेत्रको बिनासको कारण दुई दशक अघि ५ मिटर चौडाईका नदीनाला अहिले ५० मिटर फराकिलो भएका छन । राजमार्गका पुलहरुको नदीको सहितको उचाई पुरिदै गएको छन ।

इडटपेन 









