“कांग्रेसमा अन्तरघात भन्ने रोग लागेको छ ”-देउवा

धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा अन्र्तघात भन्ने रोग लागेको बताएका छन ।उनले धनगढीमा आयोजित नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बताएका हुन्।

‘हाम्रो पार्टीभित्र अलिकता रोग लागेको छ। त्यो भनेको अन्र्तघात भन्ने रोग हो,’ मुस्कुराउँदै उनले भने। ‘त्यस रोगलाई सदा सदाका लागि निर्मुल पार्नुपर्छ। उनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा होला, तर भोट हाल्ने बेला हामी एक हुनुपर्ने बताए । चुुनावमा अन्र्तघात हुने भएकोले नेपाली काग्रेसले स्पष्ट बहुुमत ल्याउन नसकेको पिडा पोखे । उनले अव नेपाली काग्रेसले बहुमतको सरकार बनउनुपर्ने धारणा राख्दै त्यसका लागि भोट हाल्ने बेला पार्टी भित्रको आफनो मतमतान्तर प्रतिस्पर्धा सवै बिर्सनुु पर्ने बताए । त्यसका लागि म त्यसको सुरुवात् सुदूरपश्चिमबाटै होस भन्न चाहन्छु,’ उनले भने।


पार्टी सभापति देउवाले अवको केहि महिना पछि आफुप्रधानी मन्त्री हुने सम्भावना समेच ब्यक्त गरे । उनले एमाले र कागेस संग भएको सम्झौता अनुसार ओलीजीले अन्तिम १८ महिनाका लागि प्रधानमन्त्री बनाउँछु भनेर सहमति गर्नुभएको ले नेपाली काग्रेसले प्रधानमन्त्री पाउने बताए । तपाईँ सबैको साथ र सहयोग पाए म प्रधानमन्त्री हुन्छु,’ उनले भने।

सम्मेलको सम्बोधनको क्रममा उनले समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेको र त्यसले देशमा राजीनिक अस्थिरता कायम रहेको बताए।

‘संविधानमा समानुपातिक समावेशीको प्रणालीको ब्यवस्था छ। त्यसले कुनै पनि पार्टीको बहुमत आउन सकेको छैन। जस कारण हामीले बहुमत ल्याउन सकेका छैनौं। यही प्रणाली रहिरह्यो भने हामीले भविष्यमा पनि बहुमतको सरकार बनाउन सक्दैनौं,’ उनले भने।
उनले यसकै लागि दुई प्रतिस्पर्धी दलहरूले गठबन्धन गरेको पनि बताए। ‘नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो। एमालेको पनि हामी मुख्य प्रतिस्पर्धी हौं। तर हामी मिलेर सरकार बनाएका छौं। त्यसका अरु धेरै कारणहरू छन्। मुख्य कारण भनेको देशमा देखिएको राजनीतिक अस्थिरता नै हो,’ देउवाले भने।
महामन्त्री गगन थापा

महामन्त्री गगन थापाले नेपाली नागरिकले पटक(पटक पार्टीहरूलाई सहयोग गरे पनि पार्टीहरूले नागरिकको चाहना पूरा गर्न नसक्दा अहिले नागरिकको असन्तुष्टिलाई लिएर केहीले खेल्न खोजेको बताए।
थापाले अहिलेको व्यवस्था नचाहनेहरू आगोमा रोटी सेक्नतर्फ लागेको बताए। व्यवस्था बदल्न साथ दिएका आम नागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको महामन्त्री थापाको भनाइ थियो।
महामन्त्री विश्वप्रकाश शर्मा

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा सबैभन्दा परिपक्क व्यक्ति भएको बता । सभापति पाँच पटक पधानमन्त्री बनिसकेको स्मरण गर्दै शर्माले छैटौं पटक बन्ने कुरा ठूलो नभएको बताए। प्रदेश सभाति बिर बहादुर बलायरको सभापतित्वमा भएको प्रदेश सम्मेलनमा नेपाली काग्रेसका अधिकांस कैनदीय पदाधिकारी ,बरिष्ठ नेतहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन प्रदेश समितिका महामन्त्री नरनारायण शाहाले गरेका थिए । प्रदेश उद्धघाटन समारोह पछि बन्द सत्र मा प्रदेशक सांगठनिक , आर्थिक लगायतका अन्य प्रतिवेदनहरु पास भएका थिए ।