धनगढी–रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)को स्ववियुु सभापतिको पदमा नेपाल बिद्यार्थि संघको आधिकारिक उम्मेदवारको रुपमा सुदूरपश्चिमका बिनोद राज जोशी चुुनावी मैदानमा छन । निर्वाचन चैत्र ५ गते हुने भएको छ ।
उनका लोकपृय नारा र यस अघि बिद्यार्थिहरुको पक्षमा गर्दै आएको कामले जोशी प्रति बिद्यार्थिहरुको चुनावी माहोल बनेको छ । जोशीले यस अघि राजधानीका बिभिन्न कलेज र क्याम्पसमा बिद्यार्थिहरुबाट लिदै आएकोे अवैध शुल्क रकम रोक्ने अभयिान पनि शुरु गरेका थिए । उनले कयौं बिद्यार्थिहरुले तिरेको अवैध रकम फिर्ता समेत गराएकाले उनी राजधानीका बिद्यार्थिहरु माझ लोकपृय समेत बन्दै आएका छन । उनले कयौं बिद्यार्थिहरुको भर्ना प्रकृयामा सहयोग गर्दै आएका थिए । आरआरबाट राजनिति शास्त्रमा स्नाकोत्तर तह गर्दै गरेका जोशी सुदूरपश्चिमको दार्चुुला बासिन्दा हुन । दार्चुलाको मालिकार्जन ८ पस्तीमा जन्मेका जोशीले ऐश्वर्य बिद्या निकेतन कैलालीबाट एससिई गरेका हुन । उनले नेवि संघमा ऐश्वर्य बिद्या निकेतनमा पढदापढदै प्रवेश गरेका थिए । उनी ऐश्वर्य बिद्या निकेतन नेविसंघ एकाई कमेटीको अध्यक्ष समेत भई सकेका छन । उच्व शिक्षा अध्यायनको शिलसिलमा राजधानी प्रवेश गरेका जोशीले बिद्यार्थि राजनितिलाई निरन्तरता दिदै आएका हुन । उनी नेपाल ल क्याम्पसबाट समेत बिएलएलबि समेत गरिरहेका छन ।
उनदे आरआर क्याम्पसबाट स्वबियुु सभापतिमा निर्वाचित भएका बिश्व बिद्यालय र अन्य क्याम्पस कलेजमा डिजिटल लाईव्रेरी स्थापना गर्ने गराउने , आर आरका बिद्यार्थिहरुलाई रोजगारी संग जोडदै बिभिन्न राष्ट्रिय अन्र्तराष्ट्रिय कम्पनी मा इन्र्टनसीपको ब्यवस्था गर्ने, आरआर कलेजबाट बिद्यार्थिहरुलाई पैशा कमाउने थलो बनाउने अभियान चाल्ने , निशुल्क वाईफाई लगायतका लोकृपृर्य चुुनावी घोषणा पत्र जारी गरेका छन ।

इडटपेन 









