बाढी प्रभावित किसान चैते धानबाली तिर आर्कषित

(भजनी ,कैलाली:- जिल्लाको पुर्वी दक्षिण भेग धानबाली उब्जाउ क्षेत्र हो । वन बिनास र बिभिन्न कारणले पछिल्लो समयमा धानराम्रो उत्पादन हुने डुुवान क्षेत्रमा पर्न थालेको छ । हरेक बर्ष बाढीको समस्याले बर्खे (सिजिनिवल) धानको धान उत्पादन हस हुदै आएको छ । कुनै बेला घरखर्चका लागि धान बेच्ने बिसान बाढीले धान मास्ने समस्याले खाद्य संकट ब्यहोर्नु पर्ने दीन पनि शुुरु भएको बताउन थालेका छन । त्यसैको बिकल्पको रुपमा यहाका अधिकांस किसान चैते धान तर्फ आर्कषित भएका छन ।
कैलाली भजनी नगरपालिका वडा नम्वर ३का कृष्ण चौधरीको गएबर्ष धानको भकारी रित्तो भएपछि यस बर्ष चैते धान लगाउन शुरु गरेको बताउछन ।
गएको साउनमा आएको बाढीले उनको तिन बिगाहा जग्गामा लगाएको धानबाली पुरै बगाएर लगेको थियो । ‘बाढीले गर्दा हरेक बर्ष धानबालीलाई क्षेति पुगाउन थाल्यो’उनले भने,‘त्यसैले यो बर्ष बर्खा लाग्न पहिल्यै धानको भकारी भर्ने गरि चैते धान लगाउन बेर्ना तयार पारेका छन । उनको अव केहि दिनमा रोपाई पनि सुुरु हुन्छ ।
भजनी थापापुरका वावुुराम चौधरीले पनि करिव २ बिगाहा जग्गामा चैते धान रोप्ने तयारीमा छन । बेर्ना राम्रै संग हुर्किरहेको छ । ‘पहिलो बर्ष भएकोले २ बिगाहामा लगाउने तयारीमा छुु ु’उनले भने,‘ बर्खे धानबाली जतिकैं उत्पादन भए अर्काे बर्ष पुरै दश बिगाहामा लगाउने छु ।’ उनको खेतमा पनि बर्खामा स्थनिय काडा नदीको बाढी लाग्ने गर्छ । हरेक बर्ष बाढीले धानबाली डुवाएर पाटने गर्छ । गएको बर्ष पनि उनको चार बिगाहामा लगाएको धानबाली बाढीले पाटेर क्षेति पुगाएको उनले बताए ।
उनीहरुले मात्रैं हैन् , बाढीले धानबाली बगाएर खाद्य संकट भोक्नु परेका भजनी , कैलारी गाउपालिकाका बाढी प्रभावित क्षेत्रका बासिन्दा चैते धान लगाउन शुरु गरेका छन । भजनी रामपुर खल्ला क्षेत्रका केहि परिवारले ५÷७ बर्ष अघि देखि चैत्रे धान लगाउन थालेको बताउछन । हरिनगरका दिल्लुु चौधरीले खल्ला क्षेत्रमा बाढीको समस्या बढी भोक्नुपरेकोले ४ बर्ष देखि चैते धान लगाउदै आएको बताए । बर्खामा खेत ताल हुने भएकाले पनि बर्खामा खेत बाझै छोडने गरेको बताए ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका बाढीप्रभावित क्षेत्रका एक हजार भन्दा बढी किसानले यस बर्ष चैते धान लगाएका छन ।
ज्ञान केन्द्रका अनुसार जिल्लाभरमा चैते धान १ हजार ५० हेक्टरमा धानबाली लगाईएको छ । जसमध्ये भजनी र जोशीपुरका अधिकांस किसान छन । जिल्लाको स्थानिय काडा , मोहना , पथरिया, लगायतका नदीबाट उक्त क्षेत्र जहिलेनै डुवान र कटान हुदैं आएको छ । ‘बाढीप्रभावित किसानलाई लक्ष्यित गरि यस बर्ष संघ र प्रदेश सरकारबाट चैते धान कार्यक्रम पनि ल्याएका छ ।
संघ सरकारबाट प्रधानमन्त्री र प्रदेश सरकारको मुख्य मन्त्री कृषि कार्यक्रमबाट चैत धान लगाउने किसानलाई उन्नत जातको बिउबिजनमा र मसनरी तथा प्राविधिक सहयोग गरेको छ ।
किसान बित्तराम पनि चैते धानबाली असार भित्र पाकि सक्ने र साउनको पहिलो सातामा बर्खे धान पनि रोप्न भ्याउने बताए । ‘उसैपनि बाढीको समस्याले ढिलैं रोपाई हुन्थयो’ उनले भने,‘ साउनको पहिलो सातामा बर्खे धानबाली रोप्न सकेमा असोजमा अर्काे धानबाली भित्राउन सकिन्छ ।’ उनले असोजमा तोरी लगाएर मंसिरमा गहु र आलु लगाउन सकियो भने चार वटा बाली भित्राउन सकिने बताए ।