आज देखि एसिईई सुरु:सुदूरपश्चिम प्रदेशबाट ५८ हजार बढी विद्यार्थी सहभागी

धनगढीः माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस बर्ष सुदूरपश्चिम प्रदेशबाट ५८ हजार ९ सय ४३ विद्यार्थी सहभागी भएका हुन्।

शिक्षा विकास निर्देशनालय दिपायलका अनुसार ३० हजार ८७७ छात्रा र २८ हजार ६६ छात्र एसईई परीक्षामा सहभागी भएका छ। साधारणतर्फ ४३ हजार ९२३, प्राविधिक धारतर्फ २ हजार ९२ र ग्रेड वृद्धितर्फ १२ हजार ९ सय २८ विद्यार्थी एसईईमा सहभागी भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार एसईईका लागि प्रदेशभर २ सय २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। ५४ परीक्षा केन्द्र रहेको कैलालीमा सबैभन्दा बढी १९ हजार ४ सय ८८ विद्यार्थी रहेका छन्। यस्तै, ३७ परीक्षा केन्द्र रहेको कञ्चनपुरमा ११ हजार ३०१ विद्यार्थी, २७ परीक्षा केन्द्र रहेको बैतडीमा ५ हजार ३ सय ६२, २६ केन्द्र रहेको अछाममा ५ हजार २९, १५ केन्द्र रहेको डोटीमा ४ हजार ६२ विद्यार्थी सहभागी रहेका छन्।त्यसैगरी २० केन्द्र रहेको बझाङमा ४ हजार ६ सय ४४, १७ केन्द्र रहेको दार्चुलामा ३ हजार ३७, १७ केन्द्र रहेको बाजुरामा ३ हजार १८ विद्यार्थी र १३ परीक्षा केन्द्र रहेको डडेल्धुरामा २ हजार ८ सय २ विद्यार्थी एसईईमा सहभागी भएका छन्। परीक्षा निष्पक्ष, भयरहित र शान्त वातावरणमा भइरहेको उनले बताए। परीक्षा आज बिहान ८ बजेदेखि सञ्चालन भइरहेको छ।