आज खख्डेहरा पर्वको अवसरमा सार्वजनिक बिदा

धनगढी -सुदूरपश्चिम प्रदेश सरकारले आज खख्डेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । कैलाली र कञ्चनपुरका रानाथारुले खख्डेहरा पर्व मनाउदै आएका छन । होरीको महत्वपुणर्् एंव बिशेष दिनको रुपमा रानाथारुले खख्डेहरा पर्व आज मनाइरहेका छन ।
यस दिन राना थारु बिहानै गॉउको बाटो सडकमा खख्डेहरा फुुटाउने गर्छन । माटोले बनाएका ७ वटा गोली र खपरा लगायतका अन्य होरी खेद्यला प्रयोग भएका बस्तुु र अन्य सामग्रीहरुलाई बाटोमा फुुटाउने कार्यलाई खख्डेहरा फुुटाउने भन्ने गर्छन । सात गोलीलाई उनिहरुले ७ देवी भवानीको रुपमा मान्ने गरेका छन । राक्षसहरुलाई जितेर भवानीहरुले रक्षा गरेकोले सदै गरि यसै गरि रमाइलो रंगीचंगी जिवन बनिरहेकोस भनि भवानीको पुजा पनि गरिने गरेको छ । पुुरुष र महिलाहरुले खख्डेहरा फुुटाउने गर्छन । खख्डेहरा फुुटाए संगै उनीहरुको औपचारिक रुपमा होरी सकिएको मानिन्छ ।
खख्डेहरा फुटाए पछि बिहानै ५ बजे तिर पन्धा र चाकरको घरमा होरी खेल्ने फगुुइ माग्ने लगायतको चलन छ । साझ तिर खानपिन गरेर होरीको अन्तिम दिनलाई बिशेष रमाईलो गरेर बिदाई गर्छन ।