कैलालीको सिमली जंगलमा हप्ता दिन देखि बसिरहेका बिदेश नागरिक आ-आफनो गन्तब्य तर्फ लाग्दै

धनगढी: कैलालीको सिमली वन क्षेत्रमा बिना अनुमति बसिरहेका एक सय भन्दा बढि विदेशी नागरिक स्थानिय प्रशासनको आदेश पछि आ आफनो गनतब्य तर्फ लाग्न थालेका छन ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीका अनुसार बिना अनुमती घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका एक सय भन्दा नागरिकलाई २४ घण्टा भित्र आफनो गन्तब्यमा लाग्न स्थानिय प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी आफै गएर निर्देशन दिएको बताए । अहिले प्राप्त सूचना अनुसार आ आफनो सानो सानो समुहमा उनिहरुहरुले त्यो ठाउ छोडन लागेको प्रशासकिय अधिकृत जोशीले जानकारी दिए। जसमध्ये कोहि धनगढी पनि पुुगेका छन । धनगढी पुुगेका बिदेशी नागरिकको टोलीले प्रमुख जिल्ला अधिकारीलाई शुक्रवार भेटन समय मागेका थिए । समय नपाएपछि उनिहरु अत्तरिया तर्फ गएको जोशीले बताए ।

घोडाघोडीको समली जंगलमा ठुुलो समुह बनाएर बसेका बिदेशी नागरिकले अस्वभाविक गतिविधी गर्दै आएको खवर स्थानिय प्रशासनले पाएको थियो । त्यसपछि स्थानिय प्रशासनका प्रमुुख जिल्ला अधिकारी गोगन बहादुर हमाल आफै घटनास्थलमा पुगेको थिए ।


रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका हुन।

विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिविधी गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन्। निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनी समेत दिइएका थिए । अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफूहरु प्रकृतिमा रमाउने मान्छेहरु(नेचर लभ) भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका प्रजिअ हमालले बताए । उनिहरुहरु अनलाईन मार्फत एक अर्काको सम्र्पकमा आएर यसरी एकठउमा जम्मा भएर रमाउने गरेको खुल्न आएको छ । तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरुलाई जंगल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको उनले भने । यद्यपी अनुगमनका क्रममा उनीहरुले शान्ति, सुरक्षामा असर पर्ने खालका गतिविधी गरेको नपाइएपछि कुनै निकायबाट अनुमति नलिइको देखिएको प्रशासनले जनाएको छ।