राजावादीको प्रर्दशनमा मृत्यु भएका पत्रकारको बिरोधमा पत्रकार आन्दोलित

धनगढी- शुक्रवार काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि देशभर पत्रकारहरु आन्दोलनमा उत्रेका छन । यसैक्रममा नेपाल पत्रकार महासंघ कैलाली द्धारा पनि पत्रकार हत्याको बिरोधमा शनिवार बिरोध प्रर्दशन गरेका छन ।
महासंघमा आवद्ध तथा क्रियाशिल सवै पत्रकारहरु शनिवार बिहान महासंघको बिरोध र्यालीमा सहभागी भई घटनाका जिम्मेवार समुहलाई कार्वाहिमा ल्याउनुपर्ने धारणा राखेका छन ।
नेपाल पत्रकार महासंघले आफ्नो ७० औ स्थापना दिवस भबयताका साथ मनाउने बेला आन्दोलनमा उत्रिनुपर्ने दुख्खद पक्ष भएको बताएका छन । यस्ता प्रबृतिलाई दोह्राउन नदिनका लागि महासंघ कडा आन्दोलनमा उत्रेको महासघ कैलालीका अध्यक्ष श्रवण देउवाले बताए ।
नेपाल पत्रकार महासंघले स्थापना दिवसमा प्रभात फेरि गर्ने तयारि गरेको भएपनि सो प्रभात फेरी बिरोध पर्दशनमा परिणत भएको उनले जानकारी दिए
उनका अनुसार कैलालीको धनगढी, अत्तरिया, सुखड, लम्की, टीकापुर लगायतका क्षेत्रहरूमा रहेका पत्रकारहरु द्धारा महासंघको आयोजनामा विरोध प्रर्दशन भईरहेको छ ।