धनगढी — फागुन पहिलो सातादेखि चैत १५ गते संचालित सीप तथा रोजगार मेलाबाट एक हजार भन्दा बढीले एकसाथ सीपमुुुलक तालिम पाएका छन ।
प्रदेश स्वरोजगार कोषलगायतका विभिन्न सरकारी(गैरसकारी संस्थाको साझेदारीमा धनगढी उपमहानगरपालिकाले आठ विधा अन्तर्गत २९ वटा सहायक विधामा सीपमूलक तालिम दिएको हो।
पुरोहित तालिमदेखि डिजिटल मार्केटिङसम्मका तालिममा सुदूरपश्चिमका ३९ स्थानीय तहका ५३९ महिला र ५०१ पुरुष गरी १ हजार ४० युवा सहभागी भएका थिए ।
धनगढीको खुलामञ्चमा लागेको मेलामा मुख्य आठ बिधामा तालिम दिइएको थियो । आर्ट एण्ड क्राफ्ट डिजाइनिङ विधा अन्तर्गत फेसन डिजाइनिङ तालिम अन्तर्गत फेसन डिजाइनिङ, एडभान्स टेलरिङ, सांस्कृतिक पोषाक निर्माण, बेतबाँस क्राफ्टरहस्तकलाका सामग्री निर्माणको तालिम सञ्चालन गरिएको हो।
धेरैले बेतवासबाट मुढा, टोकरी, फुलदानी, जुत्ताचप्पल राख्ने र्याक, हृयांगरलगायत सामग्री निर्माण गर्ने सीप सिकेका छन ।
अटोमोबाइल विधा अन्तर्गत इलेक्ट्रिक कार, मोटरसाइकल मर्मत तालिम सञ्चालन भएका छन् ।
निर्माण तालिम विधा अन्तर्गत टायल मार्बल फिक्स्चर, डकर्मी, फर्निचर, विल्डिङ र प्लम्बिङ तालिम सञ्चालन भएका छन् ।
आतिथि सत्कार विधा अन्तर्गत कफी बारिस्ता, फास्टफुडरकुक, वेटर, रिसेप्सनिष्टरफ्रन्ट डेस्क तालिम सञ्चालन गरिएको छ । यस्तै, इलेक्ट्रिकल र मेकानिकल विधा अन्तर्गत वेल्डिङ, रेफ्रिजरेशन र एसी, मोबाइल, सिसिटिभी, बिल्डिङ ईलेक्ट्रिकल वाइरिङ रहेका छन् ।
आतिथि सत्कार विधा अन्तर्गत कफी बारिस्ता, फास्टफुडरकुक, वेटर, रिसेप्सनिष्टरफ्रन्ट डेस्क तालिम सञ्चालन गरिएको छ । यस्तै, इलेक्ट्रिकल र मेकानिकल विधा अन्तर्गत वेल्डिङ, रेफ्रिजरेशन र एसी, मोबाइल, सिसिटिभी, बिल्डिङ ईलेक्ट्रिकल वाइरिङ रहेका छन् ।
सूचना प्रविधि विधामा डिजिटल मार्केटिङ, हार्डवेयररनेटवर्किङ, ग्राफिक डिजाइनर र अटोक्याड तालिम सञ्चालन भएका थिए ।
शैक्षिक विधा अन्तर्गत ईसीडी शिक्षक तालिम, पुरोहित र लेखा व्यवस्थापन तालिम सञ्चालन भए । , स्वास्थ्य तथा सौन्दर्य तालिम विधा अन्तर्गत एडभान्स ब्यूटिसियन, हेयर कटिङरस्टाइलिङ र नाई तालिम सञ्चालन गरिएको छ ।
आर्ट एण्ड क्राफ्ट डिजाइनिङ अन्तरगत फेसन डिजाइनिङ तालिममा सबैभन्दा धेरै आकर्षण देखिएको आयोजकले जनाएको छ । उक्त तालिमका लागि ५० जना माग गरिएकोमा सबैभन्दा बढी ६ सय ३० जनाको आवेदन परेको थियो । त्यस्तै सौन्दर्य अन्तरगत एडभान्स ब्युटिसियनका लागि पनि ५० जना माग गरिएकोमा ५ सय ८७ को आवेदन परेको थियो । शैक्षिक क्षेत्र अन्तरगत लेखा व्यवस्थापनमा ५० को कोटामा ४ सय ६३ र एडभान्स टेलरिङमा २५ को कोटामा ४ सय १६ जनाको आवेदन परेको थियो ।

इडटपेन 









