साइवरिया चराहरु गर्मि बढे संगै फर्कन थाले

धनगढी -चिसो बढे संगै तराईका सिमसार र ताल क्षेत्रमा आएका हिमालयन साइवरिया चराहरु गर्मि बढे संगै फर्कन थालेका छन ।
नेपाल पंक्षि संघका फिल्ड अधिकृत हेरुलाल डगौराले गर्मि बढेसंगै कैलालीको घोडाघोडी लगायतका ताल रि सिमसार क्षेत्रमा बसाइसरेका साइबेरिन चराहरु फर्कन लागेको बताएा छन । उनले फागुुनको पहिलो साता देखि पुनः चिसो ठाउमा फर्कन थालेको बताए । फिल्ड अधिकृत हेरुलाल डगौराले कैलाली र कञ्चनपुर लगायत तराईका सिमसार क्षेत्रमा साइवेरिन चराहरु कुनै बेला अकासनै ढाक्ने गरि आउथे । तर अहिले भने तराईका सिमसार क्षेत्र नासिदै गएकाले पहिलेको तुुलनामा कम आएको दखिन्छन । यद्देपी कैलालीको घोडाघोडी र आशपाशका अन्य ताल र सिमसार क्षेत्रमा आउने साइवेरिन चराहरुको कमी भने भएको छैन ।