सुदूरपश्चिमका अधिकांस क्याम्पसमा ने.बि.संघको बर्चश्व

धनगढी सुदूरपश्चिम बिश्व बिद्यालयका अधिकांस आंगिक क्याम्पसमा नेपाली काग्रेस निकट नेपाल बिद्यार्थि संघको बर्चश्व कायम भएको छ ।

सुदूरपश्चिम बिश्वबिद्यालय अन्तरगतका १६ वटा क्याम्पस मध्ये स्ववियुको निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भएका क्याम्पसहरुमा मत परिणाममा नेविसंघ अग्रस्थानमा छ । अहिले सम्म सार्वजनिक भएको नतिजामा कैलाली बहुमुुखी सहित ८ क्याम्पसमा ने.वि.संघ नेतृत्व बिजयी भएको छ ।
सुदूरपश्चिम प्रदेशको सवैभन्दा ठुलो क्याम्पस कैलालीबहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा ने.वि.संघका सन्तोस पन्त ८ सय २७ मतका साथ बिजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धि अनेरास्वबियु ( क्रान्तिकारी) का पवन सुनारले ५ सय ५८ मत प्र्राप्त गरेका थिए । एमाले निकट अनेरास्ववियका अध्यक्ष पदका उम्मेदवार यज्ञराज जोशीले ४ सय २७ मत मात्र प्राप्त गर्न सके ।
सचिव पदमा नेविसंघका ओमप्रकास बस्तीले ६सय ९७ मत प्राप्त गरि बिजयी भए । कोषाध्यक्ष पदमा भने अनेरास्ववियुु क्रान्तिकारीका धर्मराज तिमिल्सिना बिजयी भएका छन । उनले ६सय ८ मत प्राप्त गरेका छन । प्रतिस्पर्धि नेबिसंघकी प्रमिला शाहाले ६सय ४ मत मात्रै प्राप्त गरिन । उनीचार मतको अन्तरले पराजयी भएकी छिन ।

धनगढी सुदूरपश्चिम विश्वविद्यालयका १४ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएकोमा १३  क्याम्पसको नतिजा सार्वजनिक भएको छ । १३ मध्ये  ८ क्याम्पसमा जित हासिल गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो भएको छ भने अनेरास्ववियुले पाँच क्याम्पसमा जित निकालेको छ ।
कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका भुवन महरा विजयी भएका छन् ।
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका रोशन भट्ट प्यानलसहित विजयी भएका छन् ।
बैतडीकै मणिलेक क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी भएको छ । स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोजदत्त ओझा विजयी भएका छन् ।
डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडाको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ । सभापतिमा प्रकाश अवस्थी १६७ मत ल्याएर विजयी भए ।

दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका प्रकाश बडू विजयी भएका छन् ।

डोटीको सीताराम बहुमुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ (नेविसंघ( को प्यानलै निर्विरोध निर्वाचित भएको थियो । बाजुरामा बडीमालिका क्याम्पसको स्ववियु सभापतिमा पनि नेविसंघका सविन रावत निर्विरोध निर्वाचित भएका थिए ।

बझाङको जयपृथ्वी क्याम्पसमा भने सभापतिमा अनेरास्ववियुका तिलकचन्द्र बोहरा विजयी भएका छन् । उनले नेविसंघका विवेकबहादुर बोहरालाई ३ मतले पराजित गरे । अन्य सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका छन् ।

बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका छन् ।
डोटीको जोरायलस्थित घण्टेश्वर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियुका सुरत बोहरा ६९ मत प्राप्त गरी सभापतिमा विजयी भए ।

दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सुनिल डागा विजयी भएका छन् । डागा १०५ मत ल्याई सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त प्यानलका नरेश विष्टले १०२ मत प्राप्त गरेका छन् ।

बाजुरा क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण रोकाया यसअघि नै सर्वसम्मत सभापतिमा चयन भइसकेका छन। सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने अछामको जनता क्याम्पसमा पनि चुनाव हुन सकेको छैन । टीकापुर बहुमुखी क्याम्पस नतिजा हुन बाकी छ ।