बिशु पर्व मनाउन सीमा नाकामा घर फर्कने नेपालीको लर्काे

धनगढी ) सुदूरपश्चिममा बिक्रम सम्वतको नया बर्षको दिनलाई बिशु पर्वको रुपमा मनाईने चलन छ । नया बर्ष मनाउन देशबिदेशमा रहेका परिवारजनका सदस्यहरु घरिने गर्छन । संगै रहेर परिवारजन सुखदुख्ख साटने मिठोमसिनो खाने चलन छ । केहि बस्तीमा पुरानो बर्षको बिशलाई पखाल्ने भन्दै एक अर्कालाई सिस्नो लगाइ रमाइलो गर्ने चलन छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा बिशेष रुपमा मनाईने बिशुु पर्वको अवसरमा घर फर्कननेको लर्काेनै भरत नेपालको सिमा नाकामा लाग्ने गरेको छ । सुदूरपश्चिमकाका कञ्चनपुर र गड्डाचौकी र धनगढीको गौरीफन्टा नाकामा घर फर्कने नेपालीहरुको लर्काे लाग्ने गरेको छ ।
सिमा नाकामा रहेका सुरक्षा पोष्टका सुरक्षा अधिकारीका अनुसार दैनिक चार पाच सय नेपाली घर फर्कि रहेका छन । चैतको पहिलो साता देखी नया बर्ष मनाउन भारतको बिभिन्न सहरमा काम गर्ने नेपाली घर फर्कन लागेका हुन । यसबेला फर्कने नेपालीहरु बर्खे खतिपाती सकेर मात्रै पुनः भारत पस्ने गरेका छन । समान्य रुपमा दशै तिहार र नया बर्षमै घर फर्कने गरेको उनिहरुको भनाई छ ।