धनगढी –नेशनल एकेडमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट )ले आफनो २५औं बार्षिकोत्सव लाई शुक्रवार भब्य र सभ्य रुपमा मनाउदै छ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मिय‘ा द्धारा समुद्घाटन हुने बिशेष समोराहमा एकेडमीले आफनो २५ बर्षे सफल यात्राको प्रगती झलक प्रस्तुुती गर्ने छ ।
समारोहमा प्रदर्शन गरिने एकेडमीका बिद्यार्थिहरुले सास्कृतिक झ‘ाकी र नृत्य द्धारा सुदूरपश्चिम र नेपाली सस्कृति कला सभ्यताको पहिचान सहितका बिभिन्न प्रदर्शन गर्ने भएका छन । साथै कलेजले नया प्रविधिमा गरिएका बिकास र बिज्ञानलाई देखाउने छ । कलेज प्रशासनले बिभिन्न बिधामा उत्कृष्ट (टपर) बिद्यार्थि , खेलकुद गतिबिधि तथा प्रतियोगिताका खेलाडीलाइ पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।
एकमेडी प्रशासनले यस अवसरमा अभिभावक तथा अतिथीबर्गहरुलाई आफनोे २५ बर्षे यात्राको प्रगती समिक्षा , उपलब्धी र शिक्षाको गुणस्तर सुधारमा कलेजले अवलम्वन गरेका प्रविधियुक्त शिक्षा प्रणाली र भावी रणनिती समेत अभिभावकहरुलाई जानकारी गराउने छ । उपस्थित अतिथी हरुलाई मायाको चिनो समेत एकेडमीले २५औ बार्षिकत्सव समारोहमा प्रदान गर्ने छ ।
सुदूर र मध्यपश्चिमको पहिलो कम्प्युुटर इन्जिनियर स्नातक तहको पढाइ शुरु गरेको यस एकेडमीले आफनो २५ बर्षको यात्रामा सिभिल इन्जिनियरि¨ देखि एम.बि.ए. सम्मको ५ बिधामा शिक्षा प्रदान गर्दै आएको छ ।यस कलेजले २०५८बाट बि. सि.ए., २०६३मा कर्मश प्लस टु , साइन्स २०६५मा बि.र्बि. ए . २०६७मा बि.ई.सिभिल, २०८१बाट एम.बिं. कक्षा शुरु गरेको छ । यस कलेजले २०७९मा बिश्वबिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चित प्रमाण पत्र (क्युएए) समेत प्राप्त गरेको छ ।
पोखरा बिश्व बिद्यालयबाट मान्यता लिई धनगढी–४ उत्तरबेहडी स्थित एक भाडाको घरमा ३२ जना बिद्यार्थिहरुबाट कम्प्युटर इन्जिनियर शिक्षा दिन शुरु गरेको यस एकेडमी संग हाल २ हजार भन्दा बढी बिद्यार्थिहरु रहेका छन । बेहेडीमैं आफनो ८ कट्टा जग्गामा सुबिधा सम्पन्न तिन थाले चार वटा भवन सहितका सरंचनामा बिद्यार्थिहरुलाई स्मार्टबोर्ड र प्रोजेक्टर द्धारा शिक्षा प्रदान गर्दै आएको छ । गुणस्तरीय र प्रबिधि युक्त शिक्षाले बिद्यार्थिहरुको बढ्दो चापलाई थेग्न आफननो संरचनाको बिस्तारका लागि धनगढी कै मोहननपुरमा ६ बिगाहा जग्गा समेत बिनी सकेको छ ।
कुनै बेला उच्व शिक्षाका लागि राजधानी काठमाण्डौ र भारतका बिभिन्न शहरमा जाने सुदूर र मध्यम पश्चिमका बिद्यार्थिहरुलाई यस एकेडमीले थोरबहुुत रुपमा भएपनि रोक्ने काम गरेको यस कलेजका प्रिंसिपल प्रेम बहादुर चन्द बताउछन । पछिल्लो समय शिक्षाको हव बन्दै गरेको सुदूरपश्चिमको राजधानी धनगढीमा स्थापित यस एकेडमी बिद्यार्थिहरुको पहिलो आर्कषण रहेको बढदो बिद्यार्थिहरुको चापले समेत बताउने गरेको छ भन्छन प्रन्सिपल चन्द ।

इडटपेन 









