नास्ट रेडक्रस सर्कल द्धारा अपांगलाई खाद्यन्न सहियोग

धनगढी– नेशनल एकेडमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट )को रेडक्रस सर्कलका बिद्यार्थिले नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्रलाई ५० हजार बरावरको खाद्यन्न सहयोग गरेको छ ।


एकेडमीको २५औं बार्षिकोत्सवको अवसरमा नास्ट रेडक्रस सर्कल संग आवद्ध बिद्यार्थिहरुले आफनो खाजा खर्चको रकमबाट खाद्यन्न खरिद गरि नवजिवन केन्द्रलाई बिहिवार हस्तान्तरण गरेका हुन । एकेडमीका अध्यक्ष डा चेतराज पन्त द्धारा नास्ट रेडक्रस सर्कलका बिद्यार्थिहरुले अपांग नवजिवन केन्द्र लाई खाद्यन्न सहयोग प्रदान गरिएको हो ।


नवजिवन केन्द्रमा अहिले १० जना अपांगहरु रहेका छन । उनिहरुलाई करिव एक महिना पुुग्ने  ५० हजार बरावरको खाद्यन्न सहयोग गरिएका हुन । यस अवसरमा एकेडमीका अध्यक्ष डां. चेतराज पन्तले सहयोगको परिणाम कति ठुुलो भन्दा पनि बिद्यार्थि भाईबहिनीमा मानव सेवाको भावनाबाट प्रणित भएर काम गर्ने कार्य महान भएको बताए ।


उक्त खाद्यन्न सहियोग बितरण कार्यक्रममा एकेडमीका सञ्चालक समितिका सदस्य डां. शुुसिला मल्ल , डा ज्योति शेरचन, क्याम्पस प्रमुुख डां. प्रेम बहादुर चन्द , रेडक्रस सर्कलका  संयोजक ई. रमेश खडका  , रमेशचन्द्र भन्डारी लगायतको उपस्थिती रहेको थियो । ,  सिभिल ईन्जिनियरका बिद्यार्थि नविन पन्तले मानव सेवाको कार्यक्रममा सहभागी भई हौसला प्रादन गर्नुु हुने एकेडमीका अध्यक्ष , सञ्चालक, प्रार्चाय र गुुरुजन प्रति अभार ब्यक्त गरे । उनले गुरुजन बर्गको प्ररेण र हौसलाबाट रेडक्रस सर्कललाई यस्तै मानव सेवाको कार्यमा उर्जा प्रदान हुने बिश्वास ब्यक्त गरे ।