बेलौरी (कञ्चनपुर ) शुक्लाफाटा र लालझाडी सिमसार क्षेत्रका संरक्षण अभियानमा दूुई सय भन्दा बढी युवायुवतीहरु जुुटेका छन ।

नेपाल पक्षी संघ (बिसिएन)ले खरमुजुर संरक्षण का लागि घासेमैदान (बासस्थान) सुधार कार्यक्रम अन्र्तगत बिसिएनले स्थानिय १६ बर्ष माथीका हाइस्कुल र कलेजका बिद्यार्थिहरुलाई संरक्षण अभिायनमा जुटाएको हो ।

समुदायको क्षेमता अभिबृद्धि परियोजना अन्र्तगत शुरुमा १ सय ४० स्थानिय युवाहरुलाई चरा र प्रकृति संरक्षण तालिम दिएर युुवायुवतीलाई पंक्षी संरक्षण तर्फ आकर्षित गरेको बिसिएनका फिल्ड अधिकृत हेरुलाल डगौराले जानकारी दिए ।

संरक्षण तालिम पाएका युवायुवतीहरुलाई २० देखी ३० जनाको समुहमा पंक्षी संरक्षण समुह गठन गरि २ सय भन्दा बढी स्वय्मसेवी रुपमा चरा संक्षण अभियानमा सक्रिय पारिएको उनले बताए । चरा र प्रकृतिको संरक्षण अभियानमा युवाहरु संलग्नाताले चराहरुको बासस्थानमा सुधार भएको उनको भनाई छ । गुुलेली लगायतका अन्य घरेलुहतियार प्रयोगबाट गरिने चराको सिकार पनि रोकिएको डगौराले बताए ।

उनका अनुसार युसएड्को जल जंगल कार्यक्रमको आर्थिक सहियोगमा बिसएिनले कञ्चनपुरको शुक्लाफाटा बलडाङी पुर्नवार , बेलौरी र लालझाडी जैविक मार्गकोसिमसार तथा घासे मैदान क्षेत्रका खरमुुजुर बास स्थान सुधार कार्यक्रम सञ्चालन गरिएको हो ।

युुवाहरुको चरा संरक्षणमा आवद्ध महकाली बहुमुुखी कयाम्पस स्नातह तह प्रथम बर्षमा अध्यायनरत छात्रा दिलमाया चौधरीले आफुुहरु प्रकृति र चराहरुको संरक्षणमा जुटन पाएकोमा गौरव महसुुस गर्न पाएको बताईन ।

उनले समुहले शनिवार बिदाको दिन चराका बासस्थान सुधारका लागि कुनै न कुुनै संरक्षण सम्वन्धी कृयाकलापहरु ग्र्ने गरेको बताए । ‘ शनिवार बोकका अनइ बिदा परेका दिन पनि संरक्षण सम्वन्धी बिबिध काम गछौ’उनले भनिन, ‘चराको अवलोकन गर्न सिमसार क्षेत्रमा जाने, बाससस्थान सुधारका लागि समुदाय स्तरमा छलफल गर्ने र समस्या तथा चुुनौतीको पहिचान गर्ने गरेका छौ ।’उनले बिसिएनबाट सञ्चालित कार्यक्रमहरुलाई सघाउने ,संरक्षण मुखी पर्चापम्पेलेट सार्वजनिक स्थलमा टास्ने , जनचेतनाको काम फैलाउने जस्ता काम चरा संरक्षण युवा समुहको मुख्य काम भएको समेत उनले बताईन ।

इडटपेन 









