धनगढी -कैलालीको गौरीगंगा नगरपालिका–६ मा रहेको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा वीर बहादुर चोखाल विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा उनले ७३ मत प्रापत गरेका न । आफ्ना निकटतम प्रतिस्पर्धी डण्डीराज सुवेदीलाई २८ मतको अन्तरले पराजित गरेका हुन ।
अर्का अध्यक्ष उम्मेदवार टेक बहादुर बुढाले जम्मा २२ मत प्राप्त गरे ।
उपाध्यक्षमा राजबहादुर ऐर टेक बहादुर कुवरले वरावरी २ २ मत प्राप्त गरेका छन । निर्वाचन अधिकृत उजिरसिंह कुँवरले उपाध्यक्षमा वरावरी मत प्राप्त भएकोले दुवै जनामा छलफल बाट सहमती खोजिदै गरेको बताए । सहमती नभएमा गोला पथा द्धारा छनौट हुने उनले बताए ।
समितिका १६ पदका लागि मतदान सम्पन्न भएको थियो, जसमा ४५ जना उम्मेदवारहरू प्रतिस्पर्धामा थिए।

इडटपेन 









