कैलाली र कञ्चनपुर जिल्ला औलोको उच्व जोखिमा

धनगढी -कैलाली र कञ्चनपुर जिल्ला औलोको उच्व जोखिमा परेको छ।भारतसँगको खुला सीमानाकाका कारण पनि कैलाली र कञ्चनपुरजिल्ला उच्व जोखिममा परेको हो ।
जिल्ला स्वास्थय कार्यालयका अनुसार छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कैलाली र कञ्चनपुरमा आयातित औलो महामारीको जाखिम बढी रहेको छ ।जिल्लामा यहाँको लामखुट्टेको टोकाइबाट भन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी देखिन थालेको स्वास्थय कार्यालयहरुले जनाएको छ । पछिल्ला केही वर्षयता कैलाली र कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि आयतित औलोको जोखिम  कायमै छ।
नेपालका तराईका जिल्लामा औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको भए पनि भारतबाट संक्रमित भएर आउने बिरामीको कारण न्यूनीकरण गर्न कठिनाइ रहेको स्वास्थय कार्यालयहरुले बताउदै आएका छन ।
ुनेपालबाट भारत रोजगारीमा जानेहरू औलो सङ्क्रमित भएर यहाँ आउने गरेका छन्ु, । पश्चिमीनाका गड्डाचौकीमा रहेको हेल्थडेस्कमा औलो परीक्षण हुने गरेको छ। त्यसैगरी सबै ज्वरो आएका बिरामीको समेत सबै स्वास्थ्य संस्थामा औलो परीक्षण गर्ने गरेको कञ्चनपुर स्वास्थय कार्यालयले जनाएको छ ।