धनगढी -कैलालीको घोडाघोडी नगरपालिका–८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाए पछि मृत्युभएको छ ।
सोमवार ३५ वर्षीय शाही बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुगेका थिए। उक्त मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले सुई लगाएको केही समयमै शाहीको निधन भएको हो।ल्याब असिस्टेन्ट चौधरीले जन्डिस छ भन्दै सुुई लगाएको बताएको छ । घटना पछि ल्याव असिस्टेन्ट फरार भएका छन। मेडिकल ईन्द्र दहित को नाममा दर्ता छ ।
स्थानिय प्रत्यक्षदर्शिले इन्जेक्सन दिने बित्तिकै खोक्न थाल्नुभयो। खोक्दा खोक्दै मुखबाट फिँज आयो। एकछिनमा छटपटिन थाल्नुभएको बताएका छन । तत्काल ल्याव सहायक चौधरीले मुखबाट कृतिम श्वास दिने प्रयास गरेपनि उनको मृत्यु भइसकेको बताएका छन ।
घटनाको जानकारी गराएलगत्तै ईलाका प्रहरी कार्यालय सुखडबाट कार्यालय प्रमुख तथा डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा पुुगेका छन । प्रहरीले भने घटनाको अनुसन्धान भईरहेको बताएको छ ।
फरार चौधरीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । शव पोष्टमार्टमका लागि पठाउने तयारी भएको डिएसपी अवस्थीले बताए। अहिले घटनास्थलमा मृतकका आफन्त तथा स्थानीयको भिडभाड लागेको छ।

इडटपेन 









