बिरामीले अस्पतालको तेस्रो तालाबाट हाम फाले

धनगढी -सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना मिर्गाैला पिडितले अस्पतालको तिन तालाबाट हाम फालेका छन । उनको उपचारको क्रममा मृत्युभएको छ ।
।प्रादेशिक अस्पतालमा डायलासिस गराउदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलवार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन्। एक्कासि तेस्रो तलाबाट हाम फालेको बताइएको छ । गम्भीर चोट लागेका सिंहको अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्युभएको अस्पताल प्रशासनले जनाएको छ ।
मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए।सोमवार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए। सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन्। एकैपछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको देखिएको अस्पतालले जनाएको छ।