धनगढी, –चैतन्य पाठशालाले प्लस टु तहका लागि नव निर्मित भवन र पोडकास्ट स्टुडियोको को उद्घाटन बुधवार गरेको छ ।

धनगढी उपमहानगरपालिका–५, शिवनगरमा अवस्थित चैतन्य पाठशालाको शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानशिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिको उद्देश्य सहित ठुुलो लगानीमा सञ्चालन भईरहेको चैतन्यले पछिल्लो भौतिक पुर्वाधार बिकासको रुपमा अत्याधुनिक सुबिधा सहितको पलस टुु को चार तले भवन निर्माण गरेको हो ।

पाठशालाले आफनो शैक्षिक गतिबिधी र शैक्षिक बिचार प्रवाहाका लागि अनलाईन पार्टल खोलेको हो ।

निर्माण गरिएको सो भवनको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख श्रद्धेय डा. हेमराज पन्तले बैदिक बिधि द्धारा गरेका गरेका छन ।
उक्त उद्घाटन समारोहमा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, विभिन्न विद्यालयका प्रतिनिधिहरू तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पन्तले चैतन्य पाठशालाले यस्तो महत्वपूर्ण पूर्वाधार निर्माण गरेर शिक्षामा योगदान पु¥याएकोमा प्रसंसा व्यक्त गरे।
उनले भने “आजको युग प्रतिस्पर्धाको युग हो। गुणस्तरीय शिक्षाको माध्यमबाट मात्र हाम्रो पुस्ताले आत्मनिर्भरता, नेतृत्व क्षमता र राष्ट्रप्रतिको उत्तरदायित्व विकास गर्न सक्छ। यस्तो अवस्थामा चैतन्य पाठशालाले अघि सारेको यो पहल सराहनीय छ।”
चैतन्य पाठशालाका प्राचार्य प्रेम निधि ओझाले नयाँ भवनसँगै प्लस टु तहमा अझ प्रभावकारी र आधुनिक शिक्षण प्रणाली लागू गरिने जानकारी दिए । उनका अनुसार विज्ञान, व्यवस्थापन, शिक्षा लगायतका संकायहरूमा प्रयोगात्मक तथा सूचना प्रविधिमैत्री सिकाइ विधिहरूलाई प्राथमिकता दिइने छ ।
कार्यक्रममा विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले चैतन्य पाठशालाले किताबी ज्ञान मात्रै नभएर समाजमा रहेका विभिन्न मूल्य मान्यताको समेत अध्ययन अध्यापन गराउँदै आएको र अब प्लस टु सञ्चालन भएसँगै अझ झन् बृहत रुपमा अगाडि बढ्ने आफ्नो लक्ष्य रहेको बताए ।
उनले पोडकास्ट स्टुडियो सञ्चालनमा आएसँगै विद्यार्थीका प्रतिभा विद्यार्थीका आवाज र समाजमा रहेका विभिन्न विषयहरूका बारेमा समेत गहन रुपमा प्रस्तुतिकरण हुने बताए ।
त्यस्तै कार्यक्रममा उपस्थित कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक सिताराम भट्टले चैतन्य पाठशालासँग आफू अभिभावकको रुपमा जोडिएको र चैतन्य पाठशालाका यी गतिविधिले आफूलाई गर्वान्वित बनाएको बताए । सुदूरपश्चिममा विभिन्न स्थानमा प्लस टुको पढाइ हुने गरेको भएपनि चैतन्य पाठशालाले फरक सोच र विचारका साथमा प्लस टु सञ्चालन गरेको हुँदा यसको छुट्टै पठनपाठन शैली र विद्यार्थीहरूमा छुट्टै किसिमको व्यवहारको समेत विकास हुने भनाइ थियो ।
।

इडटपेन 









