सुन्दर सुदुरपश्चिम यातायात प्राली, सुविधा सम्पन्न बसमा लगानी बढाउँदै

धनगढी -सुन्दर सुदुरपश्चिम यातायात प्रालीले एसी सहितका सुबिधायुक्त बस सेवामा लगानी बढाउदै गएको छ । सार्वजनिक यातायातलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित अगाडि बढेको प्रालीका अध्यक्षध्यक्ष पदमराज सापकोटाले बताए ।
देशका विभिन्न शहरमा सुबिधायुक्त बसहरु सञ्चालन गरि यात्रुहरुलाई सुबिधा उपलब्ध गराउने अभिायन अन्र्तगत प्रालीले सुबिधायुक्तहरुमा लगानी बढाउन लागेकोअध्यक्ष  सापकोटाले बताए ।
हाल ६१ जिल्लाका सडकसम्म प्राली अन्तर्गतका बसहरुले यात्रुलाई सेवा प्रदान गरिरहेका छन् ।

समितिबाट २०७६ मा कम्पनी प्रालीमा रुपान्तरण भएर प्रालीले व्यवसायीलाई सेयर सदस्यका रुपमा जोडेर सेवा प्रदान गरिरहेको छ ।प्राली अन्तर्गत हाल झण्डै साढे ५ सय बस सञ्चालनमा रहेको अध्यक्ष सापकोटाले जानकारी दिए । ‘हामीले पछिल्लो समय स्तरीय बस सेवा थप गर्ने अभियानलाई प्राथमिकता दिइरहेका छौं,’ उनले भने, ‘यात्रुले सर्वसुलभ भाडादरमा स्तरीय बसबाट सेवा लिन पाउने वातावरण बनाउन हामी सफल भइरहेका छौैं ।’

व्यवसायीले स्तरीय बसमा लगानी बढाइरहेपनि सवारी गुड्ने सडकको अवस्था भने दयनीय रहेको बताउँदै उनले आगामी दिनमा पनि स्तरीय बस सेवा सञ्चालनमा अभियानलाई निरन्तरता दिने बताए ।

वातानुकुलित एसी स्तरीय सेवा, माइक्रो बस, भिडियो तथा स्तरिय एवं मध्यम स्तरीय मिनी, द्रुत डांक सेवा, नन् स्टप सेवा लगायत दिवा तथा रात्री सेवा र ग्रामीण कच्ची सडकहरुका लागि स्थानीय सेवाहरु समय सापेक्ष बस तथा जिप सेवा कम्पनीले सञ्चालन गरेर यात्रुलाई निरन्तर सेवा प्रदान भइरहेको अध्यक्ष सापकोटाले बताए ।