धनगढी -ऐतिहासिक भारत भ्रमणमा रहनु भएका सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र गभर्नर ले ज गुरमीत सिंहसँग छुट्टाछुट्टा भेटवार्ता गर्नु भएको छ । सोमवार लखनउबाट स्थलमार्ग हुर्दै फर्कने लागेको वहाको सचिवालयले जानकारी दिनुभएको छ ।
साताव्यापी भारत भ्रमणको पाँचौ दिन शनिबार मुख्यमन्त्री शाह उहाँका समकक्षी धामी र गभर्नर सिंहसँग भेटवार्ता भएको थियो । दुबै देशबीचको पारस्परिक सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषय छलफल केन्द्रित रहेको र वर्षौदेखिको आपसी एकता र विश्वासलाई अझ बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा मुख्यमन्त्री शाहले सुदुरपश्चिमको बिकासका लागि भारत सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भयो । सुदुरपश्चिमको आर्थिक, समाजिक, ऊर्जा, प्राविधिक, धार्मिक पर्यटन प्रवर्द्धन र विकासका लागि भारत सरकार सकारात्मक रहेको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री धामीले प्रतिक्रिया दिनुभएको थियो ।
शनिबार नै मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल र कृषिमन्त्री गणेश जोशीसँग पनि छुट्टा छुट्टै भेट गर्नु भएको थियो । मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली बैशाख १६ गते भारत प्रस्थान गरको थियो ।टोली २२ गते लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किनेछ।

इडटपेन 









