धनगढी-जिल्ला कैलाली भजनी नगरपालिका वडा नं। ५ गुलरीयाघाट स्रोत नखुलेको अबैध नेपाली आठ लाख छयानब्बे हजार बढी बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय पृथ्बीपुर कैलालीबाट खटीगएको प्रहरी टोलीले भन्सार कार्यालय नजिकै भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनिया बस्ने बर्ष ३२ को अमन कुमार गर्गबाट उक्त रकम बरामद गरेको हो । युपी ३२ एचएच६७५३ नम्वरको
मोटरसाईकल चेकजाच गर्दा सुर्के थैलीमा कम्मरमा बाधेर राखेको स्रोत नखुलेको अबैध नेपाली आठ लाख छयानब्बे हजार छ सय साठी नेपाली रुपैया फेलापारी रितपूर्वक बरामद गरेको हो । उक्त रुपैया, मोटरसाइृकल र निज समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सत्ती पठाईएको छ । जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं। ०१ बस्ने बर्ष १९ को अर्मन चौधरीले स्रोत नखुलेको अबैध भारतीय रुपैया लुकाई(छिपाई राखेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटीगएको प्रहरी टोलीले पाँच लाख एकतीस हजार चार सय फेलापारी बरामद गरेको जनाएको छ । अर्मन चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्वा अनुसन्धान कार्यालय कोहलपुर, बाँके बुझाउने तयारी भईरहेको प्रहरीले जनाएकोछ ।

इडटपेन 









