धनगढी सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रेका छन । आइतवार उनिहरुले मुख्यमन्त्रीको कार्यालय अगाढी ९ बजे देखि १२ बजे सम्म धर्नामा बसेर पदेश सरकारको ध्यानाकर्षण गराएका छन ।
स्थानीय सेवा ऐन ल्याउन माग गर्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका हुन । सुदूरपश्चिमका ८८ वटै स्थानिय तहका कर्मचारीहरु प्रदेश राजधानी धनगढी आएर आन्दोलनमा उत्रेप स्थानिय सरकारबाट पवाहा हुदै आएको सेवा पभावित भएको छ ।
प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राखेका छन् । उनीहरुले बैशाख २८ गतेदेखि विधेयक पारित नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी संघर्ष समितिका संयोजक झलक दौल्यालले बताए । स्थानीय सेवा ऐन ल्याउन पटक–पटक आग्रह गर्दा पनि नल्याइएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।
प्रदेश सरकारले ऐन नल्याउँदा लामो समयसम्म एउटै स्थानीय तहमा काम गर्नु परेको र विभिन्न किसिमका समस्या झेल्दै आएको कर्मचारीको गुनासो छ ।
यसैबीच स्थानीय तहका कर्मचारीहरुले सम्बन्धित पालिका प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् । माग सम्बोधनको लागि दवाव दिने उदेश्यले पालिका स्तरमा पनि ज्ञापनपत्र बुझाएका हुन् ।

इडटपेन 









