धनगढीः – स्थानिय सेवाको गठन, सञ्चालन तथा सेवा सर्तसम्बन्धी ऐन यथाशस्थाक्य जारी गर्न प्रदेश सरकारलाई धनगढी उप महानगरले आग्रह गरेको छ । स्थानिय सेवा ऐन चाडो गर्न माग राख्दै सुदूरपश्चिममका ८८ वटै स्थानिय तहका कर्मचारी प्रदेश राजधानी केन्द्रित आन्दोलनमा छन । उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र मङ्गलवार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पठाइएको छ। पत्रमा तत्काल कानुनी प्रक्रिया टुङ्ग्याएर ऐन जारी गर्न आवश्यक पहल गर्न अनुरोध गरेको उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा स्थानिय सेवा सम्वन्धि बिधियक विचाराधीन छ । । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आफ्ना सेवा, सुविधा र वृति विकासको सुनिश्चितताको माग गर्दै आन्दोलनमा गरिरहेका छन्। कर्मचारी आन्दोलनमा गएपछि सेवा प्रवाहमा समस्या भएको भन्दै ऐन जारी गर्न धनगढीउपमहानगरपालिकाले आग्रह गरेको हो।स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समितिको आयोजनामा बैशाख २६ गतेदेखि सुरु भएको हो ।सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका कर्मचारी दैनिक कामकाज छोडेर धनगढी आएका छन्। उनीहरूले दैनिक मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्ना दिने गरेका छन्।

इडटपेन 









