बन मन्त्री को बन्ने ? बिषयमा नाउपामा बिवाद

धनगढी सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री को बन्ने बिषयमा नागरिक उन्मुक्ति पाटी भित्र  बिवाद सिर्जना भएको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले कैलाश चौधरीको नाम सिफारिस भएपछि नागरिक उन्मुक्ति पार्टी भित्र विवाद उत्पन्न भएको हो ।

नाउपा संसदीय दलको मंगलवारको बैठकमा मन्त्रीको लागि केन्द्रीय समितिसँग रायसहितको सिफारिस माग गर्ने निर्णय गरी पत्रचार गरेको थियो ।तर अध्यक्ष श्रेष्ठले कैलाश चौधरीको नाम सिफारिस गरी संसदीय दललाई पठाएकी थिइन् ।
सुदूरपश्चिम संसदीय दलभित्र उनको नाममा बिवाद भएको हो । उनलाई धेरै पटक अवसर दिनुहुदैन भन्ने संसदीय दल भित्र मत उत्पन्न भएको थियो । संसदीय दल भित्र उनी अल्पमतमा परेका छन । तर पार्टी अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउनको लागि निर्देशनात्मक पत्र पठाएको छ ।

रेशम पक्षधर सांसदहरुले नयाँ तथा जिम्मेवारी नपाएका सांसदलाई मन्त्रीको लागि पठाउनुपर्ने अडानमा रहेका छन् ।सुदूरपश्चिम प्रदेश सभामा नाउपाको ७ जना सासंद छन । सात जना सदस्यमध्ये पार्टी संरक्षक रेशमलाल चौधरी निकट संसदीय दलका नेता घनश्याम चौधरीसहित ३ जना देखिन्छन् । बाँकी ३ जना श्रेष्ठ निकट र १ जना तटस्थ देखिन्छन् ।