वडा अध्यक्ष शाहीले स्थापना गरे, “स्ट्रीट डग सेल्टर”

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका ५ का वडाध्यक्ष गजेन्द्र शाहीले स्ट्रीट डग सेल्टर’ स्थापना गरेका छन । सामुदायिक कुकुरहरुका लागि आहारबिहारका लागि धनगढीको राष्ट बैक सडक पेटी छेउमा आश्रय स्थल निर्माण गरेका हुन । उक्त स्ट्रीट डग सेल्टरमा कुकुरका लागि डग फुड , पानी र बस्ने घरको ब्यवस्था गरिएको छ ।


वडा अध्यक्ष शाहीले हालै गरेको विवाह खर्चबाट बचेको रकमबाट डग सेल्टर स्थापना गरेको बताए । भड्किलो विवाह कार्यक्रम गरिने नेपाली समाजमा उनले साधारण खर्चमै वैवाहिक कार्यक्रम समापन गरेका थिए ।उक्त स्ट्रीट डग सेल्टर संगै चराचुङ्गीहरुको लागि खाने बस्ने स्थल बनाइएको छ । वडाध्यक्ष शाहीले विवाह खर्च रकमबाट डेढ लाखको लागतमा ‘स्ट्रीट डग सेल्टर’ निर्माण गरेको जानकारी दिए ।उनले भने, ‘कुकुरहरुसँग हामी धार्मिक रुपमा जोडिएका छौ । कुकुरको पूजा पनि गर्छौ । तर बाटोमा हिड्ने कुकुरलाई हेला मात्रै गरिएको छ । घृणा मात्रै गरिएको छ । त्यहीभएर हामीले ‘स्ट्रीट डग सेल्टर’ स्थापना गरेका हौ ।’वडा अध्यक्ष शाहीले आश्रय स्थलमा रहेको कुकुरलाई मानिसहरुले आफ्नो जन्मदिन वा अन्य शुभ अवसरको बेला खाना दिन सक्ने बताए । कुकुरलाई खाना र पानी राख्नका लागि पनि व्यवस्था गरिएको छ ।

उनले अगाडि थपे, ‘कुकुरलाई पनि बाँच्न पाउने अधिकार छ । हामीले यिनीहरुलाई माया गरेमा, राम्रो स्याहार गरेमा कहिल्यै बौलाउने छैनन् ।’मनकारी व्यक्तिको रुपमा परिचित शाहीले कोरोना महामारीको क्रममा भारतबाट फर्केकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान चलाएका थिए ।