माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलको नेतामा पुनः भट्ट

धनगढी – नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भटट् पुनः चयन भएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित शिर्ष नेताको उपस्थितिमा भटट् १६ महिनापछि दलको नेतामा फर्किका छन् ।माओवादी थालेको मध्य पहाडी लोकमार्ग अभियानको क्रममा विहीबार डडेल्धुरा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसहितका नेताहरूको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको हो ।

२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । यसैक्रममा माओवादीभित्र विवाद चल्दैआएको थियो । तर त्यो विवादले बल्ल निकास पाएको हो ।
माओवादी अध्यक्ष प्रचण्डले यसअघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिदै आएका थिए । उनले आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर विवादको समाधान गर्ने घोषणा गरेका थिए ।