दशरथ चन्द विश्वविध्यालय शिघ्र सञ्चालन हुने -मुख्यमन्त्री शाह

धनगढी -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविध्यालय शिघ्र सञ्चालन हुने बताउनु भएको छ ।

कैलाली जिल्लाको गेटा स्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविध्यालय शिघ्र सञ्चालनार्थ शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविध्यालय स्थापनार्थ संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै उहाँले सो कुरा बताउनु भएको हो । विभिन्न चरणमा संवाद र छलफल भएका छन, मुख्यमन्त्री शाहले भन्नुभयो, आगामी आर्थिक वर्षमा बजेट विनियोजन भई शैक्षिक कार्यक्रम शुरु हुनेमा म विश्वस्त छु ।ऐन जारी हुनुभन्दा अघी परराष्ट्र मन्त्री डा।आरजु राणा देउवा, स्वास्थ्य मन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य सचिब सहितकोसँगको छलफलमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ पास गर्ने र सँगसगै बजेट विनियोजन शैक्षिक सत्र सञ्चालन गर्दै लैजाने विषय कुराकानी भएको मुख्यमन्त्री शाहले बताउनु भयो ।
आइतबारको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरेको थियो ।