धनगढी -सुदुरपश्चिम प्रदेश सभाको पूर्व सन्ध्यामा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहाले सर्बदलिय बैठकको आह्वान गर्नु भएको छ ।
शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढीमा बसेको सर्बदलिय बैठकमा प्रमुख विपक्षी दलका र सत्तारुढदलका नेताहरुको सहभागिता रहेको थियो । बैठकमा संसद नियमित रुपमा सुचारु गर्ने, आगामी अधिवेशनबाट नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा छलफल भएको थियो । बैठकमा मुख्यमन्त्री शाहले बैठकमा सहभागी दलका नेताहरुसँग संसदलाई प्रभावकारी बनाउने, नागरिकका समस्या समाधान गर्ने गरी परिणाममूखी नतिजा दिन सरकार प्रतिबद्ध रहेकोले रचनात्मक सुझाब दिन आग्रह गर्नु भएको थियो ।
उहाँले चालु आर्थिक वर्षमा भएका समस्यालाई सुधार गर्दै विकास खर्चलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकार लागि परेको बताउनु भएको छ ।
बैठकमा उपस्थित प्रमुख विपक्षी दलका र सत्तारुढ दलका नेताहरुले सरकार सुझाब दिएका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले जेठ ११ गतेबाट सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नु भएको छ ।

इडटपेन 









