नास्टमा तिन दिने ‘गिट एण्ड गिटहव’ कार्यशाला सम्पन्न

धनगढी–नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)को आईटि क्लवको आयोजनामा तिन दिने ‘गिट एण्ड गिटहव’ कार्यशाला सम्पन्न भएको छ ।
सुदूरपश्चिमका नौ वटै जिल्लाका आईटिका बिद्यार्थिहरुको सहभागिता रहेको तिन दिने कार्यशालाको समापन नास्ट कलेजका प्रवन्ध निर्देशक शिवहरि मुडवरीले गर्नुु भएको हो । समापन समारोहमा प्रमुुख अथिती मुडवरीले आइटिका बिद्यार्थिहरुले केहि जान्न र गर्न खोजेका बिषयका कुनैपनि गतिविधिहरुलाई नास्ट कलेजबाट सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुु भयो ।
आई टि क्लवका अध्यक्ष मनोज ओझाको सभापतित्वमा आयोजित समापन समारोहका बिशिष्टि अथिती कलेजका प्रिन्सिपल डा. पे्रम बहादुर चन्द ले पनि आफनो धारण ब्यक्त गरेका थिए । सुदूरपश्चिमका सात पहाडी जिल्ला, कञ्चनपुरबाट दुुई र दुुई जना र कैलालीका अन्य कलेजबाट ४ र नास्ट कलेजबाट ४० जना गरि कार्यशालामा ६० जनाको सहभागिता रहेको छ । इन्जिनियर .पुुष्पराज जोशी र मुकुुन्द प्रसाद भट्टले बिद्यार्थिहरुलाई तालिम दिएका थिए ।
क्लवका अध्यक्ष मनोज ओझाले ‘गिट एण्ड गिटहव’को जुन उद्देश्यका साथ हामीले तालिमको आयोजना गरेका थियौं , त्यो ‘कोड कन्डप र कंकुरल’ प्राप्त भएको बताए ।