प्रदेश सरकारलाइ अधिकार दिए तीन बर्ष भित्र भुमी सम्बन्धी समस्या समाधान गर्न सक्छु : मुख्यमन्त्री शाहा

 

धनगढी -सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारलाइ अधिकार दिए तीन बर्ष भित्र भुमी सम्बन्धी समस्या समाधान गर्न सकिने बताएका छन ।
परशुराम नगरपालिका वडा न। १२ अन्तर्गत अव्यवस्थित बसोवासिहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण तथा बितरण कार्यक्रममा उनले उक्त कुरा ब्यक्त गरेका हुुन ।

जग्गाधनी पुर्जा बितरण परशुराम नगरपालिकाका नगर प्रमुख भरत जोशिको सभापतित्वमा जोगबुडा अस्पताल सभाहलमा भएको थियो । कार्यक्रममा भुमी समस्या समाधान आयोग जिल्ला समिति डडेल्धुराको समन्वयमा पालिकाले वडाका ६४ जनालाई जग्गाधनी पुर्जा बितरण गरिएको थियो ।
मुख्यमन्त्री शाहाले नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउबाले हलिया, कमैया, कमलरीहरुको मुक्ति दिएको समेत बताए । उनले देउवाको प्रधानमन्त्रीकालमा हलिया, कमैया, कमलरीहरुको मुक्तिको प्रसंग निकाल्दै उनिहरुको ब्यवस्थापनमा समेत महत्वपुर्ण भुमिका रहेको बताए ।
। तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो ।

कार्यक्रममा प्रदेशका कृषि मन्त्री वीर बहादुर थापा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट लगाएतको उपस्थिति रहेको थियो ।
यसैगरी मुख्यमन्त्री कमल बहादुर शाहले परशुराम नगरपालिका डडेल्धुरामा रहेको श्री जनज्योति माध्यमिक बिद्यालय परिसरमा बृक्षारोपण गरेका थिए । बिध्यालयका तर्फबाट बिध्याय ब्यवस्थापन समितिका अध्यक्षले आगामी बर्षमा बजेट विनियोजनका लागि ज्ञापन पत्र बुझाएका थिए ।