धनगढी -नेपाल प्रेस युनियनले विविध कार्यक्रमका साथ साताव्यापी स्थापना दिवस मनाउन लागेको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले ३४ औं स्थापना दिवसलाई साताब्यपाी मनाउने निर्णण गर्दै जेठ १२ देखि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो । स्थापना दिवसका अवसरमा १२ गते पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, र १३ गतेका दिन दीप प्रज्वलन, अस्पतालका विरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुद लगायत कार्यक्रम आयोजना गर्न शाखाहरुलाई निर्देशन दिएको छ । जस अन्र्तगत कैलाली प्रेश युुनियनले पनि कार्यक्रमको आयोजना गरि रहेको कैलाली शाखाले जनाएको छ ।
लोकतन्त्रप्रति आस्था राख्ने श्रमजिवी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ भएको थियो । प्रेस युनियनले पत्रकारको हक, हित, पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास, प्रेस मैत्री कानुन निर्माण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार संस्थाको सवलीकरण तथा सुदृढीकरणका लागि नीतिगत पहल लगायतका लागि काम गर्दै आएको छ ।

इडटपेन 









