नास्ट कलेजका बिद्यार्थिहरुको भौगर्भिक तथा बिभिन्न उपकरणहरुको अध्यन भम्रण सम्पन्न

धनगढी– नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) सिभिल ईन्जिनियर दोस्रो सेमेस्टरका बिद्यार्थिहरुले जिओलोजीकल अध्यायन भ्रमण गरि फर्केका छन ।
टिमका संलग्न कलेजका ईन्जिनियर रमेश खडकाले धादि¨ जिल्लाको मलेखुुमा दोस्रो सेमेस्टरका ३५ जना बिद्यार्थिहरुले ५ दिने जिओलोजीकल प्रयोगात्मक फिल्ड भिजिट गरेको बताए । उनले त्यह““ा बिद्याथिहरुले समुह बिभाजन गरि निर्माण समाग्रीको रुपमा प्रयोग हुने विभिन्न खालेको ढुंगाको पहिचान (च्यअप ष्मभलतषष्अबतष्यल०का लागि प्रयोगात्मक अध्यायन गरेको बताए ।
प्रवन्ध निर्देशक शिवहरि मुडवरीले नास्ट कलेजले आफना सिभिल इन्जिनिरि¨का बिद्यार्थिहरुलाई देशका अन्य नाम चलेका प्रतिष्ठित इन्जिनिरि¨ कलेजका बिद्यार्थिहरुले प्रयोगात्मक अभ्यास गर्ने स्थानमंै पठाउने गरेको बताए । ‘मलेखुु क्षेत्र जिओलोजीकल अध्यनका लागि एक प्रसिद्ध ठा“उ हो’ उनले भने,‘हाम्रा बिद्यार्थिहरुले पनि अन्य नाम चलेका कलेजका बिद्यार्थिहरुले अध्यन गर्न आउने स्थानमै पठाउदा प्रतिस्पर्धात्मक प्रयोगात्मक सिकाई उपलब्धीमुलुक हुन्छ नै , अर्काैतिर काठमाण्डौंबाट नजिक पर्ने भएकाले प्रयोगात्मक अभ्यासमा बिज्ञ पनि उपलब्ध गराउन सकिन्छ ।’
यसै गरि यसैसाता कम्प्युटर इन्जिनिरि¨का बिद्यार्थिहरुले समेत बुटबल औद्योगिक क्षेत्रमा ‘इन्स्ट्रमेन्ट’ (क्ष्लकतचगलभलतबतष्यल० सम्वन्धी प्रयोगात्मक अभ्यास गरेर फर्केका छन । टिममा संलग्न शिक्षक ई. गणेशदत्त जोशीले ४८ जना बिद्यार्थिहरुलाई बुटबल औद्योगिक क्षेत्र भित्रको युनाटेड पलाष्टिक उद्योग , बुटबल इलोक्ट्रोक्निक एण्ड ट्रान्सर्फम र मेटल कास्ट इन्ड्रिष्ट्रिजको अध्यन भ्रमण गरेर फर्कको बताए ।
उनका अनुसार युनाटेड पलाष्टिक र मेटल कास्ट उद्योगमा ‘इन्स्ट्रमेन्ट’को प्रयोग , बुटबल इलोक्ट्रोक्निक भित्र ट्रान्सर्फमरको मर्मत र जडान प्रकृया बारे अध्यायन गरेको जानकारी दिए ।