धनगढी-प्रवासी नेपालीहरुले सुदुरपश्चिमको विकासका लागि लगानी गर्न तयार रहेको बताएका छन ।
बुधबार सुदुरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम ः लगानी तथा विकास सम्मेलन २०८२ सम्बाद कार्यक्रममा वक्ताबाट भर्चूअल मार्फत सुझाब लिएको थियो । लगानी तथा विकास सम्मेलनको तयारीमा रहेको प्रदेश सरकारले सुदुरपश्चिमको विकासमा टेवा पुर्याउनका लागि सम्मेलनको आयोजनाको तयारी गरिरहेको छ । विभिन्न क्षेत्रका विज्ञहरुसँगको छलफल र संवाद पश्चात बुधवार प्रवासमा रहेर व्यवसाय गरिरहेका प्रवासी नेपालीहरुसँग कसरी लगानी भित्र्याउन सकिन्छ, भन्ने विषयमा प्रदेश सकारले भर्चूअल मार्फत सल्लाह सुझाब लिएको थियो ।वक्ताहरु लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारलाई सुझाब दिएका थिए । उनिहरुको प्राथमिकता आवश्यकताहरुको पहिचान र त्यसमा लगानीको वातावरण निर्माण गरि कुन क्षेत्रमा योगदान पुर्यानउँदा प्रदेशलाई समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित थियो ।
सुदुरपश्चिम सरकारकाले लगानीमैत्री वातावरणको निर्माण गरि पूँजीको सुनिश्चिता गर्न सकिने आधार निर्माण भए ठूलो पूँजी नेपालमा भित्रिनेमा बक्ताको जोड थियो । भर्चूअल अमेरिका क्यानडा साउथ अफ्रिका अष्ट्रेलिया रसिया लगायतका देशमा व्यवसाय गर्दै आएका एनआरएनहरुको सहभागिता रहेको थियो ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन आग्रह गर्नु भएको छ । उहाँले विदेशमा सिकेको सिप र आर्जन गरेको पूँजी नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ । लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार छ, मुख्यमन्त्री शाहले भन्नुभयो ।

इडटपेन 









