चैतन्य तेस्रो प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न ,कैलाली टिम प्रथम

धनगढी–शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशालाले आयोजना गरेको चैतन्य तेस्रो प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको बिजयी टिक कैलाली प्रथम भएको छ ।
प्रतियोगितामा ७ स्वर्ण ५ काश्य गरी १२ पदक सहित प्रथम हुन सफल टिम कैलालीले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र सहित सम्मान गरिएको हो । ६ स्वर्ण ३ रजत र ४ काश्य गरी १३ पदक प्राप्त गर्दै दोस्रो हुन सफल टिम कञ्चनपुरलाई नगद ३० हजार ट्रफी मेडल र प्रमाण पत्र सहित सम्मान गरिएको हो । २ स्वर्ण ७ रजत र २ काश्य सहित ११ पदक प्राप्त टिम आयोजकले नगद २० हजार नगद ट्रफी मेडल र प्रमाण पत्र सहित सम्मान गरिएको हो । प्रतियोगिताको उत्कृष्ट पुरुष फाइटर अन्तरगत टिम कैलालीका डिल्लीराज जोशी र महिला फाइटरमा आयोजकबाट रोशनी बडाललाई ट्रफी मेडल र नगद ५ हजार सहित सम्मान गरिएको छ ।

प्रतियोगितामा सुदूरपश्चिमका प्रत्येक जिल्लाका एक एक टिम र आयोजक समूहका दुई टिम गरेर ११ टिमको सहभागिता रहेको थियो ।चैतन्य पाठशालाको भागेनी सस्था चैतन्य तेक्वान्दो डोजाङले जेठ १५ गते देखि सन्चालन गरेको प्रतियोगिता शनिवार पाठशालाकै फुटसलमा एक भव्य कार्यक्रमको बिच सम्पन्न भएको हो ।


चैतन्य ग्रुप अफ कम्पनीका अध्यक्ष गणेश प्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टको प्रमुख आतिथि रहेका थिए । नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत् टमटाको विशिष्ट आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले सुदूरपश्चिममै पहिलोपटक सेन्सर सिस्टमबाट आयोजना गरिएको यो खेलले खेलाडी निर्णायक हरुलाई समेत नयाँ अनुभव भएको बताउनु भयो । देशको माया र खेल पर्तीको माया भएमा जस्तो अवस्थामा पनि खेल्न सकिने र सफल हुने भनाई प्रस्तुत गर्नु भयो । उहाँले भन्नु भयो “विद्यालय स्तरमा यस्तो कार्यक्रम हुनु खेल क्षत्रको लागि ठुलो अवसर हो । यसले नयाँ खेलाडीको उत्पादन र पुराना खेलाडी लाई अवसर समेत प्रदान गर्ने छ”। चैतन्य ग्रुप अफ कम्पनीका अध्यक्ष गणेश प्रसाद जोशीले चैतन्य पाठशाला केवल विद्यार्थीलाई किताबका पानमा रहेका शब्द भन्दा बृहत् रूपमा र विद्यार्थीको समग्र विकाशमा केन्द्रित रहेको बताउनु भयो ।