कैलारी गाउँपालिका द्धारा राम्रो नतिजा दिने बिद्यालय र बिद्यार्थिहरुलाई पुरस्कारको घोषणा

धनगढी-कैलारी गाउँपालिकाले एसइइमा उत्कृष्ट नतिजा दिने  विद्यालय र बिद्यार्थिहरुलाई पुरस्कारको घोषणा गरेको छ ।
पालिकाको जेठ ५ गते बसेको बैठेकले सामुदायिक  र संस्थागत दुवै प्रकारका बिद्यालय तथा बिद्यार्थिहरुलाई पुरस्कृत दिने निर्णय गरेको हो ।

सामुदायिकअध्यनरत बिद्यार्थिहरुले एसईई परिक्षामा ३.६ जिपिए देखी ४ जिपिए सम्म अंक ल्याउने बिद्यार्थिहरुलाई ५० हजार रुपैया पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै ४ जिपिए ल्याउने विद्यार्थी १ लाख रुप्या पुरस्कार दिने घोषणा गरेको  छ ।

सामुदायिक विद्यालय तर्फ कक्षा ८, १० र १२ मा राम्रो नतिजा ल्याउने बिद्यालयलाई क्रमश रु १५ हजार, २० हजार र २५ हजार नगद तथा सम्मानपत्र दिने निर्णय गरेको छ ।संस्थागत विद्यालय तर्फ पनि प कक्षा ८, १० र १२ मा राम्रो नतिजा ल्याउने विद्यालयलाई समेत क्रमश १० हजार, १५ हजार र २० हजार नगद रुप्या र सम्मानपत्र दिने निर्णय गरेको छ ।

पालिका अध्यक्ष राज समज चौधरीले गाउँपालिकाले राम्रो गर्ने सामुदायिक तथा सस्थागत दुवै प्रकारका बिद्यालय र बिद्यार्थिहरुलाई प्रोत्साहन गर्नका लागि पुरस्कारको ब्यवस्था गरेको बताए ।