धनगढीः कैलालीको धनगढीमा रहेको बेहडाबाबा मन्दिरमा भोली देखि गंगादशहरा मेला सुुरु हुदै छ । यस अवसरमा धनगढी उपमहानगर र कैलारी गाउपालिकाले एक भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
धनगढी उपमहानगरपालिका भित्र पर्ने प्रमुख तथा प्राचिन धार्मिक बेहडाबाबा मन्दिरमा भोलिदेखि सूरु हुने गंगादहरा मेलामा नेपाली तथा भारतिय हजारौ भक्तजन घुुइचो लाग्ने गरेको छ । यस प्राचिन मन्दिरमा शिव भगवानको शिवलिंगको पुजाआर्चना गरिन्छ । सिमावर्ति भारतिय मात्रै नभएर लखनउ सम्मकोे दर्शानार्थिहरु समेत गंगादशहरामा यहा पुुग्ने गरेका छन ।
समान्यताय तिन दिन मेला सञ्ञ्ञ्चालन हुने भएपनि जेष्ठ शुक्ल दशमीको दिन (गंगादशहरा) दिनलाई मेलाको प्रमुख दिन मानिने गरेको छ । हजरौको सख्यामा दर्शनार्थिहरु आउने भएकाले धनगढी उपमहानगरपालिकाले धनगढीबाट मन्दिर सम्म पुुग्ने सडकको स्तोरोन्ती गरिएको छ ।
त्यस्तै भक्तजनहरुको सहजताका लागि सडक बत्ती जडान गरिएको छ। धनगढी उपमहानगरपालिका–७, देवहरीयादेखि बेहडाबाबा मन्दिरसम्म सडक बत्ती जडान गरिएको हो। कालोपत्र गर्न बाँकी रहेको सडकमा धनगढी उपमहानगरपालिकाले मर्मत गरेको हो।
परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ।शिव लिंगको उचाइ अहिले करिब सात फिट छ। श्रद्धालुहरू मौनी अमवस्या, शिवरात्रि र गंगा दशहरामा बेहडाबाबाको दर्शन गर्न आउने गर्छन्।

इडटपेन 









